जनताकाे सेवामा निस्वार्थ खट्नुहाेसः मन्त्री शाही

दैलेखः कर्णाली प्रदेशका कानुन मन्त्री हिमबहादुर शाहीले जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरु निश्वार्थ स्पमा जनताको सेवामा खट्नुपर्ने बताएका छन् ।
विहिवार गृह जिल्ला दैलेख आएका कानुन मन्त्री हिम बहादुर शाहीले जिल्लामा रहेका राष्ट्रसेवक कर्मचारीहरुसंग दैलेख जिल्लाको विकास अवस्था, आइपरेका समस्या सामाधनका बारेमा अन्तरक्रयामा छलफल गरेका थिए ।
जिल्ला भित्रका कार्यलय प्रमुख तथा अन्य कर्मचारीसंगको छलफलमा शाहीले देश र जनताको लागि केही गर्ने भनेर चुनीयका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले जनताका लागि खट्ने राष्ट्रसेवक कर्मचारीहरुको भावना अनुसार काम सुझाब दिएका छन् । जनताको आवश्यकतालाई केन्द्र विन्दु राखेर कोही कसैसंग आग्रह पूर्वाग्रही नसाधेर काम गर्ने अनुरोध गरेका छन् । कर्मचारीहरुलाई काम गर्ने क्रममा केही समस्या भएमा आफुले तत्काल समस्याको सामाधान गर्न आफ अरदम प्रयासमा रहने भएकाले कर्मचारीहरुले ढुक्क भएर काम गर्ने सुझाब दिएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५