दैलेखका २३ जनालाई निर्वाचन आयोगकाे जरिवाना 

दैलेखः  स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने दैलेखका २३ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।

निर्वाचनमा होमीएका अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वारहरुले ३० दिन भित्र  खर्च विवरण बुझाउनुपर्ने भएपनी उनिहरुले खर्च बिवरण नबुझाउँदा निर्वाजन आयोगले जरिवाना नतिर्ने उनिहरुको नामवली सार्बजनिक गरेको हो ।
देशभर निर्वाचन आयोगले ४९ हजार २ सय ३२ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ। तीमध्ये कर्णाली प्रदेशका ३ सय १७ जनालाइ आयोगले जरिवाना तोकेको जानकारी दिएकाे छ । जस मध्ये दैलेखका मात्रै २३ जना जरिवानामा परेका छन् उनिहरूलाइ आयोगले जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ।

स्थानीय तह तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र  उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।

 यि हुन  दैलेखका चुनावी खर्च विवरण नबुझाउनेहरूः

 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५