पत्रकार अमर सुनार सम्मानित

दैलेखः दैलेखमा लामो समय पत्रकारिता गरिरहेका अमर सुनार सम्मानित भएका छन् । जिल्लामा बसेर २८ वर्ष पत्रकारिता गरिरहेका सुनार शनिवार सम्मानित भएका हुन् ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा दैलेखले डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार पत्रकार अमर सुनारलाई प्रदान गरेको छ । पत्रकार डेकेन्द्रराज थापाको १९औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमबाट उहाँलाई सम्मान सहित पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार पाउनु पर्ने व्यक्तिले पाएकोमा बधाई दिए । यस्ता किसिमका पुरस्कार तथा सम्मानले पत्रकारितामा थप ऊर्जा थपिने उनले विश्वास व्यक्त गरे । आफूले अक्षय कोष स्थापनाका लागी ११ हजार एक सय ११रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
पत्रकार डेकेन्द्र थापाको १९औँ स्मृति दिवसको अवसर पारेर पत्रकार अमर सुनारलाई नगद रु. ५ हजार र प्रमाण पत्रसहित पुरस्कृत गरेको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा दैलेखका अध्यक्ष यज्ञराज थापाले जानकारी दिए । उनले भने पत्रकार अमर सुनारले दिएको योगदानको प्रशंसा गर्दै दैलेखको पत्रकारिता क्षेत्रमा विशेष भूमिका खेलेको बताए । दैलेखमा लामो समय देखि पत्रकारिता योगदानको कदर गर्दै पुरस्कारको लागि नाम छनौट गरिएको हो,’ अध्यक्ष थापाले भने‘ महासङ्घ सधैँ पत्रकारहरूको हकहितको लागि सङ्घर्ष गरिनै रहने छ ।’
यस्तै समाज परिवर्तन गर्न पत्रकार डेकेन्द्रराज थापाको महत्त्वपूर्ण भूमिका रहेको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बताएका छन् । उनले भने हामीले उनीबाट सिक्नुपर्ने कुराहरू धेरै रहेका छन् । उनको इतिहासलाई जीवित राख्न नारायण नगरपालिकाबाट सक्ने सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले पत्रकारिताको क्षेत्रबाट पत्रकार डेकेन्द्रराज थापाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै अझै पनि हामीले सिक्नुपर्ने कुरा धेरै छ न्याय पाउनु पर्ने मान्छे न्याय पायो कि पाएन त्यता तिर सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । दैलेखमा अन्य सहिद परिवार धेरै भएकोले सबैले न्याय पाउनुपर्ने उनको धारण थियो ।
कार्यक्रममा सहभागी सेतो गुराँस बाल विकास सेवा, दैलेखकी निर्देशक राधा मल्लले डेकेन्द्र स्मृति अक्षय कोष स्थापनाका लागी रु.पाँच हजार एक सय रुपैयाँ पत्रकार बि विशाल सुनारले पाँच हजार र पत्रकार कृष्णकमल अधिकारीले दुई हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवीन रिजाल, प्रेस चौतारी नेपाल दैलेख शाखाका अध्यक्ष पुष्कर थापा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)पार्टीका कर्णाली प्रदेश सदस्य मायाराम अधिकारीले लगायतले आफ्नो भनाई राखेका थिए ।

२०६१ असार १२ गते तत्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका पत्रकार थापाको साउन २७ गते द्धारी गाविसको नेराप्रावीको कोठामा निर्घात कुटपिट गरी जिउँदै गाडेर हत्या भएको थियो ।
शनिबारउनको सम्झनामा दैलेख सदरमुकाको डेकेन्द्र चौकमा रहेको डेकेन्द्रको शालिकमा माल्याअपर्ण तथा दिप प्रज्वलन गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५