खर्च कटौती गर्न सबै स्थानीय तहलाई मन्त्रालयको पत्र

काठमाडौँ : सरकारले सबै स्थानीय तहलाई खर्च कटौती गर्न परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति र ७५३ वटै स्थानीय तहलाई आर्थिक वर्ष २०७९-०८० को चालु तर्फको अनिवार्य बाहेक २० प्रतिशत खर्च कटौती गर्न परिपत्र गरेको हो ।

माघ १७ गते अर्थ मन्त्रालयले यस्तो निर्णय गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई यस्तो परिपत्र गरेको हो । २० प्रतिशत खर्च कटौती हुने खर्च शीर्षकमा कर्मचारी तलब खर्च, जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च, अन्य भ्रमण खर्च, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च, फर्निचर तथा फिक्चर्स खर्च, विविध कार्यक्रम खर्च इन्धन खर्चलगायत रहेका अर्थ सचिव तोयम रायले जानकारी दिए ।

उनका अनुसार देश आर्थिक सङ्कटतर्फ अगाडि बढेको भन्दै वर्तमान सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रममा आधारित भएर अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौतीको निर्णय गरेका हुन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५