दैलेखः दैलेख जिल्लाबाट आर्थिक बर्ष २०८०/०८१मा श्रम स्वीकृति लिनेको संख्या ३ हजार २ सय ३० रहेको छ । शुक्रबार दैलेखमा भएको वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यो तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
स्वदेशमा नै रोजगारी गरौ, बैदेशिक रोजगारीमा जानै पर्ने भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔ भन्ने नारा सहित नारायण नगरपालिका रोजगार शाखा दैलेखको आयोजनामा उक्त कार्यक्रम भएको थियो । नेपालमा बैदेशिक रोजगारीमा जानेको संख्या दिनानु दिन बढ्दै गएको तथ्याङ्क छ । पछिल्लो समय नेपाल बाट बैदेशिक रोजगारीको लागि मुख्य गन्तव्य ९१०देश० संयुक्त अरब इमिरेट्स, साउदी अरेविया, कतार, मलेसिया, कुवेत, क्रोसिया, रोमानीया, जापान, दक्षिणकोरिया, बहराइन लगाएतका देशहरुमा छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशबाट श्रम स्वीकृति लिएको जिल्ला मध्ये सबै भन्दा बढि सल्यान जिल्ला बाट ७ हजार ५३ जनाले श्रम स्वीकृृति लिएको तथ्यांकमा देखिएको छ भने दैलेख बाट वैदेशिक रोजगारीमा जानेको संख्या ३ हजार २ सय ३० जना,सुर्खेत जिल्लाबाट ५ हजार ३ सय ९४ जना, रुकुम पश्चिम २ हजार ६ सय ४१ जना, जाजरकोटमा २ हजार ३ सय ९६ जना, जुम्ला जिल्लाबाट ९५६ जना, कालिकोट जिल्लाबाट ८ यस ९५ जना , हुम्ला जिल्लाबाट ५ यस ६१ जना, मुगु जिल्लाबाट ५ सय ३७ जना र डोल्पा जिल्लाबाट ५ सय १२ जना रहेको बैदेशिक रोजगार विभागको तथ्यांकमा देखिएको छ ।
कार्यक्रमको सहजिकरण गर्दै दैलेखका प्रमुख जिल्ला अधिकारी बद्धिनाथ गैरेले नेपालमा वैदेशिक रोजगारीका चुनौतीहरु दिनानु दिन बढ्दै गइरहेको छ बताए । उनले वैदेशिक रोजगारीमा दक्ष बनेर चाहेको मुलुकमा कानूनी प्रक्रिया पूरा गरेर गएमा कसैलाई झन्झट र तनाव नहुने धारण ब्यक्त गरे ।
साथै नारायण नगरपालिका नगर प्रमुख लोमन शर्माले कार्यक्रममा वैदेशिक रोजगारी सम्बन्धी थाह पाउनैपर्ने न्यूनतम कुरा, सहयोगी संस्थाबारे जानकारी, लिइ मात्रै वैदेशिक रोजगारीमा जादा ध्यान दिनुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यलय दैलेखका प्रमुख गणेश बहादुर बरालले बैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नगएर कामदार भिसामा गएको खण्डमा सम्झौता अनुसार पठाउने र जाने हुन्छ,जसका कारण ठगिने, दुःख पाउने अवस्था नआउने धारण राखे । रोजगार शाखामा कार्यरत प्रेम भुर्तेलले समुदाय तहमा बैदेशिक रोजगारको असर, निति नियम र न्युनतम जानकारी दिने कार्यक्रम आवश्यक भएको बताए ।
खुल्ला प्रेस । २१ असार २०८२, शनिबार २१:३२