कुच्चो लिएर सडक सरसफाईमा वडा अध्यक्ष

राेशन थापा, दैलेखः जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कुच्चो लिएर बजार सरसफाईमा निस्केका छन् । वडा कार्यालय नजिकै रहेको चुप्रा बसपार्क धुलो र फोहोर ले कुरुप बन्दै गएको भन्दै डुङ्गेस्वर गाउपालिका वडा नं १ का अध्यक्ष श्यामबहादुर राना सनिबार कुच्चो लिएर सडक सरसफाईमा निस्केका हुन् ।

बढ्दो सहरिकरणका कारण फोहोर थुप्रीएको र सडकनै फाहोर भएकाले सबै भन्दा पहिला मुल बाटो नै सफा हुनु पर्ने वडा अध्ष्यक्षको भनाई छ । अध्यक्षले जथाभावी पलास्टिक जन्य बस्तु जहा पयो त्यहि नफाल्न सबै बजारवासी माझ अपिल गरेका छन् ।
निर्वाचित जनप्रतिनिधिहरु एका बिहानै रोड सफा गर्न थाले पछि स्वतःस्फुर्त रुपमा सयौ संख्या मा बजारवासीहरु बेल्च बोरी बोकेर सडक तथा नाली सरसफाइमा जुटेका थिए । फोहोर संकलन गर्दै जनप्रतिनिधि राजेश रानाले सरसफाइमा चुप्रा बजार सुधार उन्मुख गतीमा अगाडी बढेको भन्दै सबै जना मिलेर आ–आफ्नो टोल सफा राख्नु पर्ने बताए ।
बजार सरसफाइमा सहभागिता जनाउदै स्थानीय धर्मराज भण्डारीले फोहोर संकलनको लागि प्रत्येक घर अगाडि भाडा अनिवार्य राख्नु पर्ने बताएका छन् । सरसफाईमा सहभागि छविलाल खत्रीले प्रत्येक शनिबार बिदा पर्ने भएकोले शिक्षक कर्मचारी ब्यापारी यसै गरी सहभागी भैइ टोल सरसफाइ गर्नु पर्ने बताए ।
वडाको सरसफाईमा सामुदायिक प्रहरी कार्यक्रम अनुसार प्रहरी चौकी चुप्राले पनि सरसफाईमा भाग लगेको जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५