दाङ : दाङ निर्वाचन क्षेत्र नम्बर- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिनकुमार आचार्य विजयी भएका छन्। उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेका हुन्। विपिनले ४२ हजार मत प्राप्त गर्दा शंकर पोखरेलले झण्डै १५ हजार मत प्राप्त गरे।
मतगणनाको अन्तिम परिणामअनुसार आचार्यले पोखरेललाई झन्डै तीन गुणा बढी मतान्तरले पछि पार्दै विजय हाँसिल गरेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना कार्य सम्पन्न भइसकेको छ भने औपचारिक परिणाम घोषणा हुन केही समय लाग्ने जनाइएको छ।
मतगणनाको सुरुआतदेखि नै आचार्य अग्रता कायम राख्दै आएका थिए र अन्ततः ठूलो मतान्तरसहित विजयी भएका हुन्।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५


खुल्ला प्रेस । २३ फाल्गुन २०८२, शनिबार १३:४७