दैलेखः नारायण नगरपालिका–१ नमुना वस्तिमा वसोवास गर्ने वादी समुदायले नगर प्रमुख र वडा अध्यक्षलाई माग पत्र वुझाएका छन ।
उनिहरुले नारायण नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख लोमन शर्मा र वडा अध्यक्ष सन्देश कुमार श्रेष्ठलाई समुदायले भोग्दै आएका समस्या समेटेर माग पत्र वुझाएका हुन ।
लामो समयदेखी सार्वजनिक जग्गामा वसोवास गर्दै आएको हुदा स्थायी वसोवासको व्यवस्था गरिदिनुपर्ने, आय आर्जनमा जोड्नुपर्ने, समुदाय आधारभुत आवश्यकताको पहिचान गरि उपलव्ध गराउनुपर्ने लगायतका वादी समुदायले बुझाएको माग पत्रमा उल्लेख छ ।
वादी समुदायको माग पत्र वुझ्दै नगर प्रमुख शर्माले मागपत्रमा उल्लेख गरिएका कुराहरु प्रती स्थानिय सरकार सम्वेदनशिल रहेको र ती कुराहरुको कार्यान्वयनमा लाग्न प्रतिवद्द रहेको बताए । उनले नगर भित्रका सवै नागरिक वरावर भएको र स्थानिय सरकारले सवैलाई समान रुपले व्यवहार गर्नेप्रती विश्वस्त हुन अनुरोध गरेका थिए ।
कार्यक्रममा वादी समुदायले जनप्रतिनिधिहरुलाई कार्यकालको शुभकामना दिदै दोसल्ला ओढाएर सम्मान पनि गरेका छन् ।
खुल्ला प्रेस । २४ असार २०७९, शुक्रबार २०:३१