दैलेखः २२ बर्षको उमेरमा एक किशाेरी गाउँपालिका उपाध्यक्षमा सिफारीस भएकी छिन् जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं. ७ की कल्पना शाही गाउँपालिका उपाध्यक्षमा सिफारीस भएकी हुन् ।
आइतबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको निर्वाचनको लागि गाउँपालिका अध्यक्षमा भगवतीमाई गाउँपालिका वडा नं. २ का कमल बहादुर शाही र वडा नं. ७ कि कल्पना शाहीलाई सर्बसम्बत सिफारिस गरेको राप्रपाले जनाएको छ ।
वि.स. २०५७ असाेज ६ मा जन्मिएकी कल्पनाका ससुरा पार्टिको स्थापना काल संगै राजनिति गर्दै अाएकाे र श्रीमानले पनि राजनीति गर्दै आएकोले अाफुमा हाैसला अाएकाे उनले बताइन उनले भनिन्र गाउँपालिकाको जिम्वेवारी पुरा गर्ने आट भएकोले उपाध्याक्षको उम्मेद्धार बनेकी हुँ मलाइ गाउँ कमिटिले सर्बसम्वत सिफारीस सिफारिस गरेकाे छ । पार्टिले टिकट दिएको खण्डमा गाउँपालिकाको नेत्रित्व गर्ने उनले बताएकी छन् । शाही विगत २ बर्ष देखि पार्टिमा सक्रिय रुपमा लागिरहेकी छन् । पंचकोशी ज्वाला यूवा प्रतिष्ठान की सदस्य उनि सरसफाईमा सक्रिय रुपमा लागेकी छिन् । उनि अहिले राप्रपा महिला संगठनकाे जिल्ला सचिव पदमा रहेर जिम्मेवारी समालिरहेकी छन् ।




खुल्ला प्रेस । ४ बैशाख २०७९, आईतवार २१:५६