अनेरास्ववियुको केन्द्रीय सचिवमा नवीन योगीको दाबी

दैलेख ः अनेरास्ववियुको केन्द्रीय सचिवका नवीन योगीको दाबी रहेको छ । कर्णालीको भूगोललाई राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गराउन र विद्यार्थीको पक्षमा अनेरास्ववियुलाई थप स्थापित गर्न  केन्द्रीय सचिवमा आफ्नो दाबी रहेको योगीले बताएका छन् ।

अहिले अनेरास्ववियुको देशभर २३ औ राष्ट्रिय महाधिवेशनको रौनक छ । अनेरास्ववियुका स्थायी कमिटी सदस्य एवं अनेरास्ववियु कर्णाली प्रदेशका सह इन्चार्ज नवीन कुमार योगी महाधिवेशनमा व्यस्त देखिन्छन् । वि.सं २०६५ सालमा अखिलको सदस्यता लिएर मावि कमिटीको नेतृत्वबाट राजनितिलाई नजिकबाट नियालेका याेगिले क्याम्पस कमिटीको नेतृत्व, जिल्लाको नेतृत्व गर्दै २०७२ मा सम्पन्न २२ औँ राष्ट्रिय महाधिवेशनबाट अनेरास्ववियु केन्द्रीय अनुशासन आयोगको निर्वाचन, पार्टी एकतामा केन्द्रीय सदस्य ,सचिवालय हुँदै हाल स्थायी कमिटी सदस्य र कर्णालीको सह इन्चार्जको जिम्मेवारी मा छन् ।

अब हुने २३ औ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सचिव हुने इच्छा रेको उनले खुल्ला प्रेसलाई जानकारी दिए । हक्की स्वभाव,कुशल सङ्गठन,प्रखर वक्ता, गतिशीलता, क्रियाशीलता र निरन्तरता दिने विद्यार्थी नेतामा उनी पर्छन् । आफू सर्वसम्मत हँुदापनि कर्णालीबाट आफू सचिव हुने र निर्वाचन हुँदा पनि प्रतिनिधि र आयोजकले न्याय गर्नेमा ढुक्क देखिन्छन् ।

उनले अनेरास्ववियुको इतिहासको विरासत कायम गर्न, निःशुल्क शिक्षालाई कार्यान्वयनमा ल्याउन ,समाजमा देखिएको बेथिति, विसङ्गतिका विरुद्धमा, विश्वविद्यालय र क्याम्पसहरूमा देखिएको अराजकतालाई अन्त्य गर्न, तोकिएकै समयमा स्ववायु निर्वाचन गराउन  र साँच्चै विद्यार्थीको पक्षमा अनेरास्ववियुलाई थप स्थापित गर्नका लागी  आफ्नो सचिवमा दाबी रहेको बताएका छन् ।

सधैँ राष्ट्रिय राजनीतिको कर्नरमा परेको कर्णालीको भूगोललाई विद्यार्थीको राष्ट्रिय राजनीतिको मुलप्रबाहमा ल्याउन समेत आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५