दैलेख ः नेपाली काँग्रेस दैलेखको जिल्ला सभापतिमा पौडेल पक्षका मणिराम रेग्मी विजयी भएका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त भएको जिल्ला अधिवेशनमा जिल्ला कार्यसमिति चयनका लागि संस्थापन समुह (काँग्रेस सभापति शेरबहादुर देउवा पक्ष) र संस्थापन इतर (काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
सभापतिमा संस्थापन समुहबाट काँग्रेस दैलेखका युवा नेता घनश्याम भण्डारी र संस्थापन ईतरका मणिराम रेग्मी चुनावी मैदानमा थीए ।
जिल्ला कार्य समिति चयनका लागि शनिवार मतदान भएको थियो । शनिवार साँझ देखिनै सुरू भएको मतगणनाको अन्तिम मत परिणाम आइतबार साँझ सार्वजनिक भएको छ ।
सार्वजनिक मत परिणाम अनुसार ७९१ मत सहित मणिराम रेग्मी काँग्रेस दैलेखको सभापतिमा निर्वाचित भएका हुन् । संस्थापन समुहबाट सभापति पदका उम्मेदवार घनश्याम भण्डारीले ७५४ मत पाए । जिल्लामा जम्मा १५ सय ५९ मत खसेको थियो ।
मत गरण सकियपछी उनिहरुले आम नागरिक तथा मतदाताहरुलाई संयुक्त रुपमा सम्बोधन गर्दे आफ्नो अभिब्यक्ति दिएका छन् । सभापति हारेमा घनश्याम भण्डारीले भने हामी सबै काँग्रेस हौँ पार्टिमा मणिराम सरको धेरै योगदान छ । हामीले मतदाताहरुलाई आफ्नो स्व विवेक प्रयोग गर्ने दिएका थियौ जस अनुसार मतदादाहरुले स्व विवेक प्रयोग गरेर मणि सरलाई विजयी गराउनु भएको छ ।
रग्मीले पनि सबैलाई घन्यवाद दिदै हामी एउटै पार्टिमा रहेर काम गरिरहेका छौँ चुनावमा जाँदा हार जित स्वभावित हो, मैले यहाँबाटै घोषण गरे घनश्यामलाई जिल्ला कार्यसमितिमा नेपाली काँग्रेसको बरिष्ठ नेताका रुपमा राखिने छ ।
निर्वाचनबाट उप सभापतिमा नवराज शाही ७ सय ४१ मत र रिता कुमारी शाही ७ सय ५८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उप सभापतिका प्रत्यासी गणेश कुमार शाहीले ६८० मत प्राप्त गरे भने देवेन्द्र बहादुर शाही (राजकुमार) ले ९६ मत प्राप्त गरे ।
जिल्ला कार्यसमितीको सचिवमा खेमराज वली र नारायण प्रसाद रेग्मी समान ७ सय ७६ मत प्राप्त गर्दै बिजयी भएका छन् । सचिवका प्रत्यासी रत्न बहादुर शाहीले ७२८ मत प्राप्त गर्दा हेमशंकर शर्मा अधिकारीले ६ सय ३६ मत प्राप्त गरे ।
उप–सचिवमा कनक बहादुर सेन ठकुरी ७ सय ५३ मत र महेन्द्र बहादूर शाही (चट्टान) ७ सय १० मत प्राप्त गर्दै निर्वाचित भए , उप–सचिव पदका प्रत्यासी ईश्वर कुमार थापाले ६३८ मत प्राप्त गर्दा धिरेन्द्र सापकोटाले ६७१ र बिद्याप्रसाद शर्माले १०४ मत प्राप्त गरे ।
यसैबिच प्रदेश महाधिबेशन प्रतिनीधिमा विजयी हुनेले ७ सय ७३ मत प्राप्त गरे उनका प्रतिसपर्धीले ६८६ मत पाए । केन्द्रीय महाधीबेशन प्रतिनिधीमा भने नर बहादूर खड्का ७ सय ७६ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनका प्रतिसपर्धी रण बहादूर कार्कीले ६७६ मत प्राप्त गरेका निर्वाचन समितिले जानकारी दिएको छ ।
खुल्ला प्रेस । १२ मंसिर २०७८, आईतवार १७:३७