दैलेखः उत्कृष्ट काम गरेको भन्दै साेसेक नेपालकाे प्रसंशा भएकाे छ । सोसेक नेपालकाे १७औँ संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण कार्यक्रममा सहभागिले साेसेककाे प्रसंशा गरेका हुन् । मंगलवार दैलेख सदरमुकाममा भएको संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण कार्यक्रममा बाेल्ने सराेकारवालाहरुले संस्थाकाे प्रसंशा गरे ।
महिला, बालबालिका, दलित, विपन्न समुदाय, अपाङ्गता भएका व्यक्ति तथा लोपोन्मुख राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक नेपालले आफ्नो १७ औं संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न गरेको छ । श्रावण १५ गते भएको सामाजिक तथा लैङ्गिक परिक्षण कार्यक्रमको सहजिकरण बालसंरक्षक सामाजिक तथा लैङ्गिक परिक्षण संयोजक नविन चन्द्र घिमिरे गरेका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवंम जिल्ला समन्वय समिति दैलेखका अध्यक्ष नवराज शाहीले गैरसरकारी संस्थाले गर्ने कार्यहरु सोसेक नेपालले जस्तै गर्नुपर्ने भन्दै सोसेक नेपालको प्रसंशा गरे । त्यस्तै सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले संस्थालाई चलायमान,सशक्त बनाउन समुदायमा थप कार्यक्षेत्र बिस्तार गर्ने बताए। समुदायस्तरमा थप कार्यक्षेत्र विस्तार गर्दै लैजानका लागि सस्थामा आबद्ध कर्मचारी र समुदायको महत्वपुर्ण भुमिका रहन्छ’,उनले भने, ‘समुदाय स्तरमा थप कार्यक्रम बिस्तारका लागि सबैले जिम्मेवार भएर अगाडी बढ्न आवश्यक छ ।’
संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण कार्यक्रममा उठेका प्रश्नहरुको समिक्षा गर्दै सोसेक नेपालका अध्यक्ष मन्जु खड्काले मन बचन र कर्मले दृढताका साथ अघि बढेमा संस्था र समुदायका लागि समुदायमा रहेको कुरीति,कुसँस्कार महिला हिंसा,बालविवाह महिनावारी विभेद लगायतका समस्या निर्मुल हुँदै जाने बताइन् ।संस्थाले लोपउन्मुख राउटे समुदाय र कुसुण्डा समुदायहरुको लागि पनि विषेश रुपमा काम गर्दै आईरहेको छ ।
सोसेक नेपाल“आत्मा साँची राखी मन वचन र कर्मले सेवा गरौ ” भन्ने संकल्पका साथ विगत २७ वर्ष देखि निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ । सोसेक नेपालले हाल १० वटा जिल्लामा काम गर्दै आएको संस्थाका कार्यकारी निर्देशक हीरासिंह थापाले बताए। संस्थामा ११ जनाको कार्यसमिति पदाधिकारी रहनुभएको छ भने सस्थामा करिव २ सय ४० जना कर्मचारी कार्यरत छन ।
असमानताका विरुद्ध आवाज, सुरक्षा जीवन रक्षा, खानेपानी तथा पोषण, समावशी र अनौपचारिक शिक्षा, र बाल समृद्धी सस्थाका मुख्य कार्य क्षेत्रहरु वनाएको सोसेकले जनाएको छ ।
सोसेक नेपालले श्रावण १२, १३ र १४ गते संस्थाका कार्यरत कर्मचारीहरुको क्षमताविकास वार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्टी सम्पन्न गरेको थियो ।
सोसेक नेपालले सामाजिक तथा लैङ्गिक परिक्षण कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,संघ संस्थाका प्रमुख तथा प्रतिनिधि जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख तथा सरोकारवाला व्यक्तित्वहरुको सहभागितामा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न भएको थियो ।
खुल्ला प्रेस । १७ श्रावण २०८१, बिहीबार २१:००