समाजबादी संकटमा, जिल्ला सचिव फर्के एमालेमा बिज्ञप्ति सहित

दैलेख : नेकपा (एकीकृत समाजवादी)का दैलेख जिल्ला सचिव मानबहादुर खड्का एमाले प्रवेश गरेका छन्। शुक्रबार एमाले पार्टी कार्यालय दैलेखमा भएको कार्यक्रममा खड्का एमाले प्रवेश गरेका हुन्।

उनले विज्ञप्ति जारी गर्दै २०४६ देखि विभिन्न जिम्मेवारी समाल्दै एमालेमा रहेको, पार्टी विभाजनको अवस्थाले उत्पन्न परिस्थितिमा नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी दैलेखको सचिव पदमा रहेको र उक्त जिम्मेवारी आजैबाट छोडी नेकपा एमालेको झण्डामुनि गोलबद्ध हुने निर्णय गरेको उल्लेख गरेका छन्।

‘पार्टी विभाजनका कारण नेकपा एमालेभन्दा बाहिर रहनु भएका सबै कमरेडलाई पार्टी एकता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि नेकपा एमालेमा गोलबद्ध हुन आह्वान गर्छु’, खड्काले विज्ञप्तिमा भनेका छन्।

खड्कालाई नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, एमाले नेता नन्दकिशोर बस्नेत, शान्ति शर्मा, चन्द्रा रेग्मी लगायतका नेताले उनलाई नेकपा एमालेमा स्वागत गरेका थिए।

खड्कालाई स्वागत गर्दै एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले नेकपा एमालेले दैलेखका ११ वटै स्थानीय तहमा आफ्नो विजय सुनिश्चित हुने गरी काम गरिरहेको बताए।

‘एमालेबाट चोइटिएर गएका व्यक्ति मूल पार्टीमा फर्किने क्रम जारी छ। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा एमाले दैलेखमा पहिलो पार्टी हुन्छ’, अध्यक्ष शर्माले भने।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५