निर्माण सम्पन्न नहुदै भत्काइयो महाबु अस्पतालको ढलान

दैलेख: निर्माण कार्यसम्पन्न नहुदै महावु गाउँपालिकामा निर्माणधिन दश शैयाँको अस्पतालको भवनको ढलान भत्काईएको छ । अस्पताल भवनको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर)र स्टेटमेन्ट सेकेन्डरी बिम उल्लेख गरिएको भए पनि ड्रइङ(रेखाचित्र)मा सेकेन्डरी बिम नहुँदा निर्माण कम्पनीले सेकेन्डरी बिम निर्माण नगरी भवन निर्माण गर्दा ढलान चर्किएपछि ढलान भत्काइएको हो ।
भवन निर्माणको जिम्मा पाएको मजदुर न्यौपाने जेभिका प्रोप्राइटर भक्ति प्रसाद न्यौपाने प्राविधिकको सानो त्रुटिका कारण ढलान भत्काएर पुनः निर्माण गर्न लागेको बताए । भवन निर्माण गर्दा सेकेन्डरी बिम छुटेको र त्यसको (भेरीफिकेन) गर्न गाउँपालिकाले नमानेका कारण आफूहरूले निर्माण गर्दा भवन चर्किएर चुहिने हुँदा भत्काएर पुन निर्माण गर्न लागिएको हो े । पालिकाले दिएको ड्रइङ(रेखाचित्र) अनुसार भवन निर्माण ग¥यौ ढलान भएको केही दिनमा ढलान चर्किएपछि सबै कुरा खोज्दै जाँदा उक्त ड्रइङ(रेखाचित्र)मा सेकेन्डरी बिम नभएको पायौँ । हामीले त्यति बेला विश्वासका आधारमा काम गरेको र चिठी नल्याएका कारण ८० लाख भन्दा बढी खर्च आफूले गर्नुपर्ने बाध्यतामा छौ,उनले दुखेसो पोखे ।
भ्याट बाहेक ५ करोड ५४ लाख ४३ हजार रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण थालिएको भवन निर्माणको २०७८ असारमा सम्झौता भएको थियो भने ०७९ पुस मसान्तमा भवन निर्माणको काम सकिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । ढलानको खर्च कसले व्यहोर्ने विवादले काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । समयमै भवन निर्माण सक्ने योजनाका साथ कामको थालनी गरिएपनि प्राविधिक त्रुटिले ढिलाई भएको बताए । अब हामीले म्याद थप गरि अस्पताल निर्माण गछौं ।
विगतका दिनमा अस्पताल भवन निर्माणमा केही कमीकजोरी भएपनि निर्माण कम्पनीले काम पुरा गर्नेमा आफु विश्वस्त भएको महावु गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश थापाले बताए । ढलान भएको भोलीदेखी नै ढलान फुटन थालेपछि त्यसलाई भत्काएर पुन बनाउन थालिएको छ । कमजोरी दुवै पक्षबाट भएकोले अब त्यो सच्चाएर अगाडी बढछौं वडाअध्यक्षले भने ।
अस्पताल भवनका लागी विस्तृत आयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट स्वीकृत गरि भवनको ठेक्का खोल्नुपर्ने भएपनि मन्त्रालयबाट स्वीकृत नलिई ठेक्का आब्हान गर्दा समस्या आएको जानकार बताउँछन् । एक स्थानीय तह एक आधारभुत अस्पताल अन्र्तगत दश शैंया अस्पतालको भवन निर्माण थालिएको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५