दैलेख ः दैलेख सदरमुकामको त्रिभुवन माध्यामिक विद्यालय नजिकै स्वर्णभुमी कृषि तथा पशुपालन एग्रिकल्चर लिमिटेड संस्था चलाएका, त्यस संस्थाका प्रवन्धकलाई लाखौ ठगि गरेको कसुरमा पक्राउँ परेको २ बर्षपछी कारागार चलान गरिएको छ ।
मुगु जिल्लाको खत्याड गाउँपालिका–२ मा घर भई वीरेन्द्रनगर नगरपालिका–४ भैरबस्थान बस्दै आएका २५ बर्षिय किरण वि.सी भन्ने कर्णसिंह टमटालाई प्रहरीले काठमाण्डौमा हिनिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
२०७५ बैशाख १५ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा सर्मिला चन्द शाही समेतको जाहरीले नेपाल सरकार प्रतिबादी कर्णसिंह टमटा भएको ठगि मद्धामा उनलाई २०७६ फागुन ७ गते पुर्वपक्षका लागि कारागार चलान गरिएकोमा २ बर्ष पछि मिति २०७८मंसिर २१ गतेको जिल्ला अदालतको फैसला बमोजिम ४ बर्ष कैद र १५ लाख विगो जरीवानाको फैसला भएकोले कैद भुक्तानका लागि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए ।
टमटालाई तत्कालिन डिएसपी हरिबहादुर ओलीको सक्रियतामा पक्राउ गरिएको थियो । प्रहरीले पक्राउ गरेपछि उनले संचालन गरेको स्वर्णभुमी कृषि तथा पशुपालन एग्रिकल्चर लिमिटेड संस्थाको नामबाट ४७ लाख ३ हजार ५ सय ठगि गरेको प्रहरीले जानकारी दिएको थियो । कर्मचारी तलब बापत ४ लाख ४५ हजार, कर्मचारीको शेयर रकम बापत ६ लाख, बचत कर्ताहरुको १० लाख, कृषक, ब्यापारी तथा अन्य व्यक्तिहरुबाट २२ लाख ६८ हजार, संस्था रहेको घरभाडाको तीन लाख ९० हजार ठगी गरेको, सगुन कृषि तथा पशुपालन एग्रिकल्चर दुल्लु नगरपालिका –५ दैलेखको नामबाट कृषि तथा पशुपालन समुह बनाई ७ लाख ३० हजार रुपैयाँ ठगि गर्दै दुवै संस्था मार्फत ५४ लाख ३३ हजार रुपैयाँ ठगि गरेको तत्कालिन प्रहरीले जनाएको थियो ।
मुलुकी अपराध संहीता २०७४ को परीच्छेद २१को दफा २४९को १ बिपरीत २ बमोजिम कसुर गरेको हुदाँ यस्ता ब्यतिmलाई सोही दफाको उपदफा ३ (ग) बमोजिम ७ (सात बर्ष कैद सजाय र २० हजार सम्म जरिवाना र बिगो बमोजिम क्षेतिपुर्ती भराउँने कानुनी ब्यवस्था समेत रहेको छ । उनि ४ बर्षको लागि कारागार चलान भएका छन् भने विगो मार्फत १५ लाख जरिवाना तिर्नुपर्ने दैलेख अदालतले फैसला गरेको छ ।
खुल्ला प्रेस । २१ मंसिर २०७८, मंगलवार २२:२१