चुनावी घरदैलोमा नेता, गहुँबाली भित्र्याउने चटारोमा मतदाता

फाइल फाेटाे

दैलेख: स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै दैलेखमा चुनावी सरगर्मी बढेको छ । पाँच दलीय गठबन्धनदेखि प्रतिपक्षमा रहेको नेकपा एमाले लगायतका दलहरु चुनावी प्रचारसँगै पार्टी नेता तथा कार्यकर्तालाई खटनपटनमा व्यस्त छन् तर यहाँका अधिकांश स्थानीयवासीलाई भने गहुँ बाली भित्र्याउने चटारो छ । यहाँको ११वटै पालिकामा किसान गहुँ भित्र्याउन व्यस्त छन् ।
दैलेखको भगवतीमाई–४ महेश थापा प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै गहुँ काट्ने काममा स्थानीयवासी लागेको बताए । ‘नेताहरु चुनावी प्रचारका क्रममा टोल कमिटी गठनदेखि आफ्नो पक्षमा माहोल बनाउन आउँछन्,’ थापाले भने, ‘हामी भने बिहानदेखि साँझ अबेरसम्मै खेतमा काम गरिरहेका छौँ ।’
प्रायः सबै दलका जिल्ला तहका नेतासमेत पार्टीले खटाएको क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । यहाँ पार्टी प्रवेश गराउने लहर नै चलेको देखिन्छ । पाँच दलीय गठनबन्धन हुने केन्द्रको सुर्कलरपछि यहाँ पार्टीभित्र असन्तुष्टीसमेत चुलिएको छ । असन्तुष्ट हुनेमा अधिकांश पालिकामा नेपाली कांग्रेसका स्थानीय नेताहरु रहेका छन् ।
यहाँ कतिपय स्थानमा गहुँ भित्र्याइरहेका किसानलाई भेट्न खेतमै समेत पार्टीका नेता तथा कार्यकर्ता पुगिरहेका छन् । भैरवी गाउँपालिका नगरपालिका–२ का भक्त बिष्टले गहुँ भित्र्याउन दिनरात नभनी खेतमा सक्रिय रहेको बताए । उनले भने, ‘सबै परिवार नै अहिले गहुँ काट्नमा व्यस्त छौँ ।’ निर्वाचनमा नेताले किसानलाई आश्वासन मात्रै बाँड्ने गरेको दुःखेसो पोखे ।
‘खेतीका बेला सिँचाइका लागि पानी हँुदैन, भोट माग्दा आउँदा कुरा ठूला गर्छन्,’ उनले भने, ’जतिसुकै व्यवस्था परिर्वतन भए पनि हामी किसानको समस्या कसैले बुझेनन् ।’ गहुँ खेतमा छर्ने कार्यदेखि गहुँ थ्रेसिङ गर्न यहाँ पछिल्ला वर्षमा कृषि औजार एवं यन्त्रको प्रयोग बढ्दो छ ।
‘पहिले दिनभरि हलो जोतेर गहुँ खेती गथ्यौँ,’ उनले भने, ‘अहिले त ट्र्याक्टरले एक्कैछिनमा हुन्छ ।’ भगवतीमाई गाउँपालिका नागकिरहरुले उम्मेदवारबिना नेताहरु भोट माग्न घरदैलो आइरहेको बताए । ‘गाउँमा हिजो अस्तिदेखि गहुँ भित्र्याउन थालिएको छ, गहुँ नभित्राय सम्म हामीलाई चुनाब लाग्दैन पहिले बालि भित्र्याउ पछि भोट हालउँला ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५