मतदाता परिचयपत्र हराएको भएमा नयाँ बनाउनको लागि निवेदन आह्वान

दैलेखः निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको भएमा नयाँ बनाउनको लागि निवेदन आह्वान गरेको छ ।

चुनावमा मतदान गर्नका लागि मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले यसअघि लिएको परिचयपत्र हराएको भएमा नयाँ बनाउनका लागि आयोगले आग्रह गरेको हो ।

परिचयपत्र हराएको वा नष्ट भएको भएमा फागुन २० गतेसम्म निवेदन दिन सकिने छ । आफ्नो नामावली रहेको वडा कार्यालयको सिफारिससहित स्वयम् व्यक्ति जिल्ला निर्वाचन कार्यालयमा गएर आउँदो २० गतेभित्र निवेदन दिन सकिने आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र लिनको लागि कुनै शुल्क लाग्दैन । यसअघि लिइएको मतदाता परिचयपत्र भएकाहरुले भने त्यही परिचयपत्र लिएर मतदानमा सहभागी हुन पाउने निर्वाचन आयोगका दैलेखका निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिइन् । उनले भनिन आयाेगकले सबै जिल्लामा परिपत्र गरेकाले दैलेखमा पनि साे अनुसार नै हुन्छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५