निस्सासिएर मृत्यु भएका परिवारलाई आर्थिक सहयाेग

दैलेख: गत हप्ता १९ फागुन बिहीबार साँझ निस्सासिएर मृत्यु भएका परिवारलाई ठाटीकाँध गाउँपालिकाले राहत वितरण गरेको छ ।​

गाउँपालिकाले १९ फागुन बिहीबार साँझ सुतिरहेको अवस्थामा कपडाबाट आगो सल्किएर मृत्यु भएका बादी परिवारलाई दैनिक उपभोग्य वस्तु र नगद सहयोग गरेकाे हो । ठाटीकाँध गाउँपालिका-१ मा बसोवास गर्दै आएका ४० वर्षीय हरिकला बादी र उनका १८ वर्षीय छोरा रमेश बादीको मृत्यु भएको थियो ।

उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै ठाटीकाँध गाउँपालिकाले मृतकको घर परिवारलाई ५८ हजार नगद रुपैयाँसहित दैनिक उपभोग्य बस्तु वितरण गरेको ठाटीकाँध गाउँपालिका अध्यक्षा धीरबहादुर शाहीले बताए । मृतक बादीको घरमा पुगेर मृतकको घर परिवारको न्यून आयस्रोत भएकाले आफूले सहयोग गरेको शाहीको भनाइ छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५