गुराँसमा ‘मेरो पहिलो बच्चा कक्षा’

दैलेखः दैलेखको गुराँस गाउँपालिका विभिन्न टोलहरुमा सञ्चालित मेरो पहिलो बच्चा कक्षा कार्यक्रम गरिएको छ ।
यहाँको ठाटी, दोवाटो, खनारा, गर्चा र पाल्ते दुवाचौरमा सञ्चालित कक्षा कार्यक्रम सनिबार सम्पन्न गरिुएका छ ।२० हप्ता सम्म सञ्चालन उक्त कक्षा सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तरगर्त सञ्चालन गरिएको हो ।
किशोर किशोरीहरुले उमेर नपुगी गर्ने विवाहमा न्यूनिकरण गर्ने, आमा र बच्चाको स्वास्थ्यको लागि परिवार नियोजनका साधनहरुको बारेमा जानकारी गराउने र नवविवाहित किशोरीको जिवनमा हुने परिवर्तनका बारेमा किशोरीहरुको क्षमता विकास गर्ने उद्धेश्यले मेरो पहिलो बच्चा सम्बन्धी समुदायस्तरीय कक्षा २० हप्तासम्म सञ्चालन गरिएको सहयात्रा दोस्रो परियोजनाले जनाएको छ ।
परियोजनाका अनुसार कक्षामा किशोरावस्थामा प्रजनन स्वास्थ्यको महत्व, महिनावारी, उर्बरता बिधि तथा गर्भ कसरी रहन्छ, गर्भावस्थामा खतराका संकेतहरु, बच्चा जन्माउनका लागि गर्नुपर्ने तयारी, गर्भावस्थामा हुने भावनात्मक परिवर्तन र व्यवस्थापन गर्ने प्रक्रिया, नवजात शिशुमा देखा पर्ने खतराका चिन्ह, नवजात शिशुको हेरचाह, स्तनपान, यौन तथा प्रजनन अधिकार लगाएतका विषयमा २० हप्तासम्म छलफल गरिएको थियो ।
कक्षा समापन समारोहमा बाल्दै गुराँस गाउँपालिका–८ का वडाध्यक्ष दीपेन्द्र ओलीले बालविवाह नगर होइन, उमेर पुगेपछि मात्रै विवाह गर भन्ने सकारात्मक सन्देश दिनुपर्नेे बताए । ‘हरेक बालबालिकालाई कलिलो उमेर देखिनै सकारात्मक सोचको विकास गर्न आवश्यक छ, हामी नकारात्मताबाट सुरुवात गर्छाै त्यो राम्रो अभ्यास होईन्,’ वडाध्यक्ष ओलीले भने ‘तपाईहरु अब कक्षाका सहभागी होइन् अभिायान्ता हो, अभियान्ताले समाजमा देखिने गरि परिवर्तन गर्नुपर्छ जुन तपाईहरुबाट सम्भव छ, आफ्ना साथीहरुलाई उमेर पुगेपछि मात्रै विवाह गर्नुपर्छ भनेर तपाईहरुले प्रोत्साहन गर्नुहोस् ।’
उमेर पुगेपछि विवाह गर्दाका फाईदा र वेफाईदाहरुको बारेमा आफुले सिकेको कुरा अभियान्ताहरुले अरुलाई सिकाउनुपर्ने वडाध्यक्ष ओलीको भनाई छ । ‘हामी स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सहयोग र सहजीकरण गर्न तयार छौं, चालु आर्थिक वर्षमा अभियानमुलक कार्यक्रममा प्रर्याप्त बजेट नभए पनि आगामी दिनमा बालविवाह न्यूनिकरण गर्नकालागि प्रर्याप्त बजेटको व्यवस्था गरिनेछ, आज तपाईहरु सबै २० वर्षमुनिको हुनुहुन्छ, आगामी १० वर्षपछि तपाईहरुजस्तै अर्काे नयाँ पुस्ता २० वर्षमुनिको हुनेछ, स्थानीय सरकारले बनाउने योजना त्यो पुस्ताका लागि हो जुन पुस्ता परिवर्तन गर्न आवश्यक छ, तपाईहरु किशोरकिशोरी लक्षित योजना तथा कार्यक्रम तयार गर्नुहोस स्थानीय सरकार लगानी गर्न प्रतिवद्ध छ,’ वडाध्यक्ष ओलीले भने ।
सकेसम्म कलिलै उमेरमा विवाह नगर, विवाह गरे पछि बच्चा ढिलो जन्माउ र बच्चा जन्माईसकेपछि राम्रोसँग हुर्काउ भन्ने शन्देश मेरो पहिलो कक्षाले दिएको सोसेक नेपालका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए । परिवार नियोजनका अस्थायी साधनहरुको बारेमा जानकारी नपाएकै कारण अधिकाँश किशोरीहरुको स्वास्थ्य खरावजनक अवस्थामा रहेको उनको भनाई थियो । परिवार नियोजनका साधनको प्रयोगले किशोरीको स्वास्थ्यलाई सुरक्षित गर्नुका साथै बालविवाह घटाउन पनि सहयोग गर्ने अधिकारीले बताए ।
यौनलाई खुल्ला रुपमा छलफल गर्न स्विकार नगर्ने हाम्रो बन्द संस्कारका कारण यौनजन्य घटनाहरुमा बृद्धि भईरहेको अधिकारीको भनाई छ । ‘किशोराअवस्थामा आउने शारीरिक परिवर्तन स्वभाविक हो, यो उमेरमा यौन उत्तेजनाहरु आउने गर्छन्, त्यस्ता यौन उत्तेजनाहरुलाई व्यवस्थापन गर्न नजानेका कारण बालविवाह जस्तो भयानक समस्या समाजमा सृजना हुन्छ,’ अधिकारीले भने ।
मेरो पहिलो बच्चा कार्यक्रम मान्छेको व्यवहार परिवर्तनसँग सम्बन्धित रहेको उनको भनाई छ । ‘व्यवहार परिवर्तन छोटो समयमा हुने कुरा होइन्, यो लामो समय लाग्न सक्छ, तर यो कार्यक्रम हरेक व्यक्तिको जीवनशैलीसँग जोडिएकाले सहभागिहरुका लागि महत्वपूर्ण छ,’ उनले भने ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५