बाल विवाह गर्ने २ जना पक्राउ

दैलेख : दैलेखमा बाल विवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहले दुल्लु नगरपालिका वडा नं-१२ बस्ने १९ बर्षीय गोबिन्द नेपाली र १६ बर्षीया बालिकालाई पक्राउ गरिएको बताए । नेपालीले ती बालिकालाई माघ १३ गते बालिकालाई बाल विवाह गरी घरमा ल्याई राखेको भन्ने जाहेरी प्रहरी कार्यालयमा परेकोले थप अनुसन्धान गर्न दुवै जनालाई पक्राउ गरिएको डीएसपी साहले बताए ।

पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिएर थप अनुसन्धान सुरु गरेको डीएसपी साहले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५