एमसीसी विवाद समाधान गरेर पार्टीलाई एकतावद्ध गर्‍यौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनले पार्टीमा देखिएको समस्या हल भएको बताएका छन् ।

सोमबार सकिएको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘एमसीसीलाई लिएर जो सदस्या देखा परेको छ, मिडियामा अतिरञ्जित प्रचारहरु पनि देखिएको थियो । तर हामीले धैर्यतापूर्वक, रचनात्मक ढंगले समाधान गर्‍यौं र पार्टीलाई एकतावद्ध गरेका छौं ।’

बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनबारे नेताहरुलाई फरक मत राख्न दिने र स्थानीय चुनावपछि २० जेठमा बस्ने केन्द्रीय समिति बैठकमा छलफल गर्ने सहमति भएको छ । अब पार्टी एउटै कार्यक्रम लिएर आफूहरु चुनावमा जाने प्रचण्डले बताएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५