बैंक तथा वित्तीय संस्थाले घोषणा गर्न थाले लाभांश

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्न थालेका छन् । बैंकले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न थालिएपछि लगानीकर्ताले लाभांश सुरक्षित गर्न धितोपत्र बजारमा लाभांश पारित भएका वित्तीय संस्थाको सेयर किनबेचको लहर पनि चलेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार पनि गरिसकेको छ । केन्द्रीय बैंंकमा लाभांशका लागि पत्राचार गरेका बैंंकहरूमा माछापुच्छ«े, कुमारी, हिमालय, नेपाल इन्भेस्टमेन्ट, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेसनल रहेका छन् ।

हिमालयन बैंकले सेयरधनीलाई कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ ।

नेपालका २७ वाणिज्य बैंकहरूमध्ये २६ वटा बैंक नेप्सेमा सूचीकृत छन् । ती सबै बैंकहरूले अहिले अघिल्लो आर्थिक वर्ष २०७७-७८ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीको वितरण योग्य मुनाफाअनुसार कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्न सक्ने पूर्वानुमान गर्न सकिन्छ ।

गत आर्थिक वर्षको अन्तिमसम्ममा सार्वजनिक वित्तीय विवरणअनुसार मुनाफा वितरण गर्नमा सबैभन्दा बलियो नबिल बैंक देखिएको छ । बैकको वितरण योग्य मुनाफा ४ अर्ब १४ करोड रूपैयाँ पुगेको छ । सबैभन्दा कम वितरण योग्य मुनाफा नेपाल एसबीआई बैंकको देखिएको छ । एसबीआई बैंकको वितरण योग्य मुनाफा गत आर्थिक वर्षको अन्तिमसम्ममा ३३ करोड ९२ लाख रूपैयाँमा सीमित देखिन्छ । नबिलको प्रतिसेयर वितरण योग्य मुनाफा ३० रूपैयाँ ७६ पैसा देखिन्छ । दोस्रो स्थानमा नेपाल बैंकको वितरण योग्य मुनाफा २९ रूपैयाँ ३० पैसा रहेको छ ।
बैंकहरूले वितरण योग्य नाफाबाहेक सेयर प्रिमियम, जगेडामा रहेको रकमसमेत प्रयोग गरेर लाभांश वितरण गर्न सक्छन् । कुमारी बैंकले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट बैंकले ६ प्रतिशत बोनस सेयर र २६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यसैगरी, सिटिजन्स बैंकले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकका लगानीकर्ताले १२ दशमलव ९१ प्रतिशत बोनस सेयर र ३ दशमलव ०८ प्रतिशत नगद लाभांश पाउने भएका हुन् । सानिमा बैंकले भने १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै, माछापुच्छ«े बैंकले १४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । १३ दशमलव ३ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये बैंकले ११.२४ प्रतिशत बोनस सेयर र बोनस सेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

माछापुच्छ«े बैंकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सानिमा बैंकले कुल १७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांशमध्ये बोनस सेयरमा लाग्ने करसमेत गरी नगद लाभांश ०.८९४७ प्रतिशत र बोनस सेयर १७ प्रतिशत दिने भएको छ ।

हिमालयन बैंक लिमिटेडले २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण हाल हिमालयन बैंकको दोस्रो बजारमा सेयर कारोबार भने रोक्का छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ३.०६ प्रतिशत नगद लाभांश गरेर कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

मर्चेन्ट बैंकर्समा लाभांश धेरै
मर्चेन्ट बैंकर्सहरूले अरू वित्तीय संस्था र कम्पनीहरूको तुलनामा धेरै लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका मर्चेन्ट बैंकको औसत लाभांश दर २५.२७ प्रतिशत रहेको छ । औसतमा २५.२७ प्रतिशत लाभांश घोषणा गर्दा नगद २२.११ प्रतिशत छ भने बोनस सेयर १.१६ प्रतिशत रहेको छ ।

मर्चेन्ट बैंकहरूमध्ये एनआईसी एसिया क्यापिटलले ४८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रभु क्यापिटलले २२.३९ प्रतिशत बोनस सेयर र १७.६१ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३२ दशमलव ३ प्रतिशत बोनस सेयर र १ दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सबैको लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस सेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साधारण सभासमेत आह्वान गरेको छ । उसले २० प्रतिशत बोनस सेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

एनएमबी क्यापिटलले पनि ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । एनआईविएल एस क्यापिटलले २६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दा सानिमाले २५ प्रतिशत घोषणा गरेको छ । नेपाल बंगलादेश क्यापिटल १९ प्रतिशत, बीओके क्यापिटल र मुक्तिनाथ क्यापिटलले १८ प्रतिशत, आकाश क्यापिटल १० प्रतिशत र सेन्चुरी क्यापिटलले ६.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

विकास बैंकमा कम मात्र लाभांश
विकास बैंकमा कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट १९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
उसले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांशसमेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५