भूकम्प प्रतिकार्य परियोजना समीक्षा

जाजरकोटः जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खडक बीसीले विपदको सहयोग गर्ने धेरै गैरसरकारी संस्थाहरुको सरकारी निकायको तुलनामा राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् । जाजरकोटको जिल्ला सदरमुकाममा सोसेक नेपालले बिहीबार आयोजना गरेको भूकम्प प्रतिकार्य समीक्षा कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।
त्यसबखत सदस्य बीसीले विपदको बेला काम गरेका सरकारी निकाय र गैरसरकारी संस्थाहरुको सामूहिक समीक्षा गर्न विपद व्यवस्थापन समितिलाई आग्रह गरे । उनले विपदको बेला सोसेक नेपालले गरेको तत्परताले यस्ता कार्यक्रम जिल्लामा सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रममा आठबीस नगरपालिकाका मेयर रबि केसीले भूकम्पीय विपदले अग्ला घर होइन बलिया र सुरक्षित बनाउन सिकाएर गएको बताए । उनले पुननिर्माणका काम गर्दा विद्यालयका भवनहरुमा ध्यान दिनुपर्ने औंल्याए ।
भेरी नगरपालिकाकी उपमेयर सीता जैसीले हावाहुरी आउदा पनि भूकम्प नै आयो कि भन्ने त्रासदीको स्थिति स्मरण गर्दै सोसेक नेपालले भूकम्पको लगतै गरेको पनस्र्थापना कामको प्रशंसा गरिन् । उनले सोसेक नेपालको पारदर्शिता अभ्यासले सहकार्यता आवश्यकता दर्शाएको बताइन् ।
कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले भूकम्प प्रभावित क्षेत्रमा सरकारी निकाय र गैरसरकारी संस्थाहरुले पुनरनिर्माण कार्यक्रमहरु एकीकृत रुपमा सञ्चालन गरिनुपर्ने सुझाव दिए ।
सोसेक नेपालका अध्यक्ष मञ्जू खड्काले सोसेक नेपालप्रति देखाउनुभएको मायाको निम्ति धन्यवाद दिइन् । कार्यक्रममा सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले भूकम्प प्रभावितहरुको राहत तथा पुनस्र्थापनाको कामले जोडिएको सम्वन्धलाई थप नयाँ परियोजना सहित जाजरकोटमा काम गर्ने संस्थाले तयारी गरेको जानकारी दिए ।
गएको कात्तिक १७ गते राति गएको भूकम्पले बढी प्रभावित पारेका जाजरकोट जिल्लाको भेरी नगरपालिका–१ कालेगाउँमा सोसेक नेपालले डीसीएको साझेदारीमा एक सय १२ वटा घर निर्माण गरेको छ ।

त्यसको अलवा पाँच सय ३३ परिवारलाई बहुउद्देश्यीय सहयोग समेत गरी ५७ लाख ९४ हजार पाँच सय रुपैंयाँ बजेट खर्च भएको भूकम्प प्रतिकार्य परियोजनाका प्रदीप अर्यालले जानकारी दिए ।
सोसेक नेपालले यूनिसेफको साझेदारीमा भूकम्प प्रतिकार्य परियोजनाले जाजरकोटमा १९ सय ११ वटा निजी र विद्यालयका शौचालय निर्माण र २४ वटा खानेपानी योजना मर्मत सुधार गरिएको सोसेक नेपालका भूकम्प प्रतिकार्य तर्फको खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना कार्यक्रम संयोजक जगदीश थापाले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५