गुराँस गाउँपालिका बालमैत्री वडा घोषणा

दैलेख:  कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले राम्रो कामको लागि सबैले सक्दो प्रयास गर्न आग्रह गरेका छन्। गुराँस गाउँपालिका-५ लाई बालमैत्री वडा घोषणा कार्यक्रममा उनले भने सबैले आत्मसमीक्षा गरौं मैंले कति राम्रो काम गरें ।

मन्त्री बिसीले प्रदेश सरकारको श्रोत अनसार  विकास गतिविधिमा रकम आए अनुसार योजनाको पारदर्शिता र गुणस्तरीयताको निम्ति सबैले समयमा चासो दिनुपर्ने सुझाव दिए।

त्यसबखत कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्रीले गुराँस गाउँपालिका क्षेत्रमा सेभ द चिल्ड्रेन र सोसेकले सहयात्रा परियोजना मार्फत बालबालिकाको हितमा राम्रो कामहरु भएको भन्दै प्रशंसा गरे ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले विकास गतिविधिमा संघीय सरकार, प्रदेश र स्थानीय तहको सहकार्यता बढाउनपर्ने आवश्यकता औँल्याए ।

गाउँपालिकाका उपाध्यक्ष शिवा खड्काले बालमैत्री वडा घोषणापछि बालबालिका क्षेत्रमा लगानी  र सेवा सुविधा बढाउन चुनौती थपिएको बताइन् ।

गुराँस गाउँपालिका-५ का वडाध्यक्ष भूपेन्द्रबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधिको मन्तव्य र बालबालिकाका रचनाहरु प्रस्तूत गरिएको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५