पोल भाडाको बक्यौता नतिर्नेको तार काट्ने प्राधिकरणको चेतावनी

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टीभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

अधिकांश सेवा प्रदायकहरूले नियमाअनुसार सम्झौतानगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको भन्दै नियमानुसार सम्झौता र नवीकरण गर्न आग्रह गरेको छ । हालसम्मको बाँकी बक्यौता भाडा रकम भुक्तानी गर्न पनि प्राधिरकणले अनुरोध गरेको छ ।

‘नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न यसअघि नै पटक-पटक सचेत गरिसकिएको छ,’ सूचनामा भनिएको छ,’नियमानुसार सम्झौता नगरी सेवा प्रदायकहरूले लाइन विस्तार गरेको पाइएमा लाइन विस्तारका सामग्री नियन्त्रणमा लिनसक्ने छ ।’

विद्युतीय संरचनाहरूमा जडान भएका अप्टिकल फाइवर तथा अन्य उपकरणहरू जुनसुकै बेला हटाउन सक्ने र यसबाट निस्कने परिणामको जिम्मेवार सम्वन्धित सेवा प्रदायक संस्था नै हुने प्राधिकरणले बताएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५