जनसेवाको १४ औँ साधारण सभा सम्पन्न

दैलेख ः दैलेखको दुल्लु नगरपालिका वडा नं. ४ मा रहेको जनसेवा वहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडको १४ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
१४ वर्ष अघि साधारण निच्छेपबाट सञ्चालित सहकारी दुल्लु क्षेत्रमा साधारण कृषक देखी कर्मचारीहरुमा लोकप्रिय हुदैँ गएको छ । दुल्लु नगरपालिकाको १३ वटै वडाहरुमा कार्यक्षेत्र बनाएको सहकारीका हाल ४ सय ३० जना सेयर सदस्य छन् । करिब १ करोड निक्षेपमा काम गरिरहेको सहकारीले जनाएको छ ।
ग्रामिणक्षेत्रका किसानहरुको जीवनस्तर माथी उठाउनका लागी विभिन्न कृषि क्रियाकलापहरु गर्दै मलबिउ समेत प्रदान गरिरहेको छ । शनिबार साधारण सभामा बोल्दै सहकारीका संस्थापक अध्यक्ष नयाँराम थापाले राज्यका नितिनियमहरुसँगै सरकारी र गैह्सरकारी संघसंस्थाहरु अन्त्य गर्देै जनताको जीवनस्तरसँग सहकार्यका लागी सहकारीको महत्वपुर्ण भुमिका रहेको बताए । त्यस्तै कार्यक्रममा दुल्लु नगरपालिका ३ का वडाध्यक्षले ऋण लिनुमात्र ठुलो कुरा नभएर पहिलो कुरा त्यसको लगानीको लागी योजना बनाइनुपर्नेमा ध्यान दिनुपर्ने धारण ब्यक्त गरे ।
सहकारीका अध्यक्ष जय बहादुर थापाको अध्यक्षता भएको कार्यक्रममा दुल्लु नगरपालिका सहकारी शाखाका प्रमुख सम्शेर बहादुर शाही प्रमुख अतिथि थिए । कार्यक्रममा दुल्लु स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको देख्न सकिन्छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५