भगवतीमाईमा माओवादीबाट अध्यक्ष, नेपाली काँग्रेसबाट उपाध्यक्ष विजयी 

दैलेखः जिल्लाको भगवतीमाई गाउँपालिकामा माओवादी केन्द्रका गणेश बहादुर थापा र नेपाली काँग्रेसका मिना खड्का(थापा) विजयी भएका छन् ।
वैशाख ३० गते शुक्रवार भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आज शार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले २ हजार ८ सय ४६ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दशरथ खड्काले २ हजार २ सय ३ मत प्राप्त गरे भने  एमालेका शान्ति प्रसाद शर्माले १ हजार ९ सय ३४ मत प्राप्त गरे ।
उपाध्यक्षमा काँग्रेसकी मिना खड्का(थापा)ले २ हजार ६ सय ८३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी मनीषा सोनीले २ हजार २ सय ४७ मत पाएकी छन् । एमालेकी बसन्ता शाहीले १ हजार ९ सय २२ मत प्राप्त गरिन्
विजयी अध्यक्ष र उपाध्यक्ष स्थानीय तह निर्वाचन २०७४ उमेद्वार हुन उनिहरु २०७४मा असफल भएका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५