आचारसंहिताबारे ध्यानाकर्षण गराउन एमाले निर्वाचन आयोगमा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका निर्वाचन आयोगलाई आचारसंहिताबारे ध्यानाकर्षण गराउने भएको छ। महासचिव शंकर पोखरेलको प्रतिनिधिमण्डल आयोग जान लागेको हो।

निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराउन एमाले आजै दिउँसो आयोग जाने तयारी भइरहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। निर्वाचन आयोगले मंगलबार गरेको दलहरूसँगको प्रतिबद्धतापत्रमा एमालेले हस्ताक्षर गर्न अस्वीकार गरेको थियो। आज आचारसंहिताको विषयमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउने एमालेको तयारी छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५