दैलेखः दैलेखमा जारी तेस्रो कर्णाली प्रादेशिक औधोगिक व्यापार मेला तथा दैलेख महोत्सव–२०८०मा सोमबार कलाकारहरु ज्योती मगर, राम्जी खाँड लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति कला संयोजक कुमार प्याकुरेलले जानकारी दिए ।
उघोग वाणिज्य सङ्घ दैलेखको आयोजनामा सुरु भएको दैलेख महोत्सबमा भोलि गायिका ज्योति मगर राम्जी खाँड लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । सोमबार कार्यक्रमको उद्घोषण भिम सिजापती र माधब जोन खत्रीले गर्नेछन् ।
दैलेख महोत्सबमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरु साँगीतिक प्रस्तुती, लोकदोहोरी प्रतियोगिता संगै कृषि, व्यापार प्रदर्शनी, विभिन्न व्यापारिक स्टल, बालबालिकाको लागि बाल उद्यान लगायतका स्टलहरु रहेका छन् ।
नारायण नगरपलिकाको काँडाचौरमा भइरहेको दैलेख महोत्सब फाल्गुन २८ गते सम्म संचालन हुने छ ।
खुल्ला प्रेस । २० फाल्गुन २०८०, आईतवार २२:०९