चन्द्र राउत’गुराँसका गणतन्त्र विशेष मुक्तकहरु

(१)
के ल्याएन गणतन्त्रले,उपहारै उपहार ल्यायो
काजीलाई पाजी र पाजीलाई काजी बनायो
मैले टेक्दै गरेको खोला किनारको ढुङ्गालाई
मुर्ति बनाएर बनाएर सुटुक्क मन्दिर पुर्यायो ।
(२)
गणतन्त्र आयो र गाउँमा सिंहदरबार आयो
न टाउको न पुच्छर भएको सरकार आयो
डन, हत्यारा र माफियाहरु मन्त्री भएपछि
गरिव जनताको घाँटीमा तरबार आयो
(३)
जे गर्न पनि उनिहरुलाई अभिमत मिलेको छ
भ्रष्टाचारीलाई देश चलाउन इजाजत मिलेको छ
मेरा आफन्तहरु सहिद भएर गणतन्त्र आयो
म सालिक भएको छु र मलाई इज्जत मिलेको छ
(४)
देशमा गणतन्त्र आयो त के भयो ?
कागलाई बेल पाक्यो त के भयो ?
विचरा, बर्षौदेखि भोकाएको थियो
सत्तामा पुगेपछि खायो त के भयो ?

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५