मुगुमा देउवा पक्षको वर्चश्व, सभापतिमा शाही

मुगु – नेपाली कांग्रेस मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति पक्षका उनले वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षका उम्मेदवार निवर्तमान सभापति खड्गबहादुर शाहीलाई ५६ मतले हराए ।

विजयी  ऐनले ४ सय ६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्गले ३ सय ५० मतमा चित्त बुझाए । कूल ७ सय ५६ मत खसेकामा १६ मत बदर भएको छ । अन्य पदाधिकारीमा पनि देउवा पक्षकै वर्चश्व छ । उपसभापतिमा कर्ण रावल र हरिजंग शाही विजयी भएका छन्  । सचिवमा जन्मजया भण्डारी र लोकेन्द्रबहादुर मल्ल विजयी भएका छन् ।

मुगुका निर्वान क्षेत्रमा पनि देउवा पक्षले जितेकाे छ । प्रदेश ‘क’मा कार्मा फुल्जोक लामा र  ‘ख’ मा लोकराज दाहाल सभपाति बनेका छन्। मुगुमा देउवा पक्षले सभापति, उपभापति, दई सचिव, एक सहसचिव, १३ सदस्य र १७ महाधिवेशन प्रतिनिधि हात पारेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५