कलाकार शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी

तनहुँ : कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ । एक गायिकाले आफूलाई जबर्जस्ती करणी गरेको भनेर शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक किशोरीले शाहविरुद्ध बुधबार जबर्जस्ति करणीको उजुरी दर्ता गराएकी हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका एक अधिकारीका अनुसार उजुरी परेपछि शाहविरुद्ध कानुनी प्रक्रिया अगाडि बढिसकेको छ । उजुरीमा आफू नाबालिग रहेको बेला शाहले जबर्जस्ती करणी गरेको उल्लेख गरिएको ती अधिकारीले बताए ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । उक्त दफाले कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५