दैलेखः बालिका बलात्काकारको कसुरमा दैलेखमा एज जनालाई जन्मकैद हुने भएको छ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा जिल्ला दैलेखले २५ वर्ष जन्मकैदको फैसला सुनाएको हो । नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर बिकलाई जन्मकैदसंगै छ लाख जरिवाना, एक लाख पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएका जिल्ला अदालतका दैलेखका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट विहीबार उक्त फैसला भएको हो । पाँच वर्षकी नावालिकालाई बलात्कार गरेको गम्भीर घटना भएको कारण सहायक जिल्ला न्यायाधिवक्ता रुक्मेडा पोखरेलले अभियोगमा गरिएको मागदावी अनुसारकै जन्मकैद सजायको जिकीर सहित पीडित बालिकाको पक्षबाट बहस गर्नुभएको थियो ।
०७७ पुस १७ गते बालिकालाई बलात्कार गरेको भन्ने आरोपमा पीडित पक्षले पुस १८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले रामबहादुरलाई पक्राउ गरेको थियो । बलात्कार भएको घटना बाहिरीयपछी जिल्ला अस्पताल दैलेखमा बालिकाको स्वास्थ्य परिक्षण भएको थियो । स्वास्थ्य परिक्षणमा सम्मेत बलातकारको संकेत देखिएकोले उनको स्वास्थ्य सुधारहुन सम्मेत २ महिना लागेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा त्यही दिन भएको थियो । बलात्कारले बालिकाको यौनांग रक्ताम्य भएको कारण निको हुन दुई महिना लागेको थियो । प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालय मार्फत माघ १३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग मुद्धा पेश गरेको थियो । थुनछेक बहसपछि कसूरदारलाई माघ १३ गते पुर्पक्षका लागि दैलेख कारागार थुनामा पठाइएको प्रहरीले जनाएको छ ।
मुलुकी अपराध सहिंता २०७४ अनुसार जन्मकैद २५ वर्ष पु¥याइएको छ । कर्तव्यज्यान, गम्भीर प्रकृति बलात्कार, दंगा गरेर नरसंहार जस्ता जघन्य अपराधमा जन्मकैद हुनसक्ने कानूनी व्यवस्था छ । अहिलेको अपराध सहिंता भन्दा पहिले मुलुकी ऐन २०२० ले जन्मकैद २० वर्ष तोकेको थियो । वारदात भएको समय अनुसार जन्मकैद ठहरेका पुराना मुद्दामा २० वर्ष नै कैद हुने गरेको छ । भने विहीबार फैसला भएको बलात्कारको मुद्धामा २५ बर्ष जन्मकैद भएको छ ।
खुल्ला प्रेस । २ पुष २०७८, शुक्रबार १२:३१