वेमौसमी बर्षाले पाँच सय मेट्रिक टन भन्दा बढि धान नष्ट

दैलेख ः एक महिना अघि परेको अबिरल बर्षाका कारण जिल्लामा पाँच सय तीन मेट्रिक टन धान नष्ट भएको छ । कृषि विकास कार्यालयले जिल्लाका ११ स्थानीय तहमा माग गरिएको मध्ये नौ वटा पालिकाले पेश गरेको विवरणमा पाँच सय तीन मेट्रिक टन धान नष्ट भएको जानकारी दिएको छ ।
कृषि विकास कार्यालय दैलेखका कृषि अर्थ विज्ञ झलक भण्डारीले ११ स्थानीय तह मध्ये गुराँस गाउँपालिका र ठाटिकाँध गाउँपालिकाले आफ्नो गाउँपालिकामा धानवालीमा क्षती नभएको जानकारी दिएको बताए ।
उनले भगवतिमाई गाउँपालिकामा ४५ कृषकको १७.९६ मेट्रिक टन, नौमुले गाउँपालिकमा दुई सय कृषकको १३ सय ८४.५ मेट्रिक टन चामुण्डाविन्द्रासैनी नगरपालिकामा ९८ कृषको ५६.७५ मेट्रिक टन, दुल्लु नगरपालिकामा ६७ कृषकको ४७.१५ मेट्रिक टन, भैरवी गाउँपालिकामा एक सय पाँच कृषकको २७.७५ मेट्रिक टन, महावु गाउँपालिकामा एक सय नौ कृषकको ८७.७९ मेट्रिक टन डुङ्गेश्वर गाउँपालिकामा तीन सय ३१ कृषकको १४७.२ मेट्रिक टन, नारायण नगरपालिकामा ५९ कृषकको ३३.४ मेट्रिक टन, आठबिस नगरपालिकामा एक सय २८ कृषकको ३९.४ मेट्रिक टन, गरी जम्मा पाँच सय तीन मेट्रिक टन धान नष्ट भएको बताए ।

उनले जिल्लामा ८५ हजार हेक्टर मध्ये एक सय ६७ हेक्टर क्षेत्रफमा क्षती भएको र सबै भन्दा बढि नामैले गाउँपालिकाका दुई सय कृषकको १३ सय ८४.५ मेट्रिक टन धान क्षती भएको बताए । कृषि विकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र बहादुर थापाले कर्णाली प्रदेश सरकार भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुर्खेतले जिल्लामा भएको धानबाली क्षतीको विवरण माग गरे अनुसार क्षतीको विवरण मन्त्रालयमा पठाएको जानकारी दिए । उनका अनुसार पाँच सय तीन मेट्रिक टन धान नष्ट भएको र त्यसका लागि एक करोड ८८ लाख ८५ हजार दुई सय रुपैया कृषि विकास कार्यालयबाट माग गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५