निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, ५०० जनाले लिए सेवा

दैलेखः जिल्लाको भैरवी गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजनामा शिविर संचालन गरिएको हो ।  शनिबार हिमालय माध्यामिक विद्यालयको प्राङ्गणमा संचालन गरिएको १ दिवसीय निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र महाबु गाउँपालिकाका २ सय ९० महिला र २ सय १० पुरुष गरि जम्मा ५ सय जना विरामीले सेवा लिएका छन ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै भैरवी गाउँपालिकाका उपाध्यक्ष देवि भण्डारीले भैरवीका नागरिकहरुको स्वास्थ्य अवस्थालाई लिएर शिबिर गरिदिएकोमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखलाई धन्यवाद दिइन् उनले यस्ता कार्यक्रममा सबैको सहकार्य हुनुपर्ने बताउदै गाउँपालिकाले पनि यस्ता कार्यक्रलाई प्राथमिकता दिएको बताइन् नागरिकको स्वास्थ्य भन्दा ठुलो कुरा अरु केही नभएकोले सबै नागरिकले आ–आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध समेत गरिन् ।
आर्थिक बर्ष २०७९/०८० को बार्षीक कार्यक्रम अन्तरगत जिल्लाको भैरवी गाउँपालिकामा निःशुल्क १ दिने आयुर्वेद स्वास्थ्य शिविर संचालन गरेको थियो । घर आँगनमै निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन गरिदा आफूहरुले गाउँघरमै स्वास्थ्य सेवा पाएको भैरवी गाउँपालिका– ३ की पबित्रा आचार्य बताइन् । उनले भनिन् यस्ता शिविरले निरन्तरता पाईराखुन् ।


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख राम प्रसाद महत्तोले आयुर्वेद स्वास्थ्य सस्थाको पहुँच नभएका ठाउमा आयुर्वेद स्वास्थ्य सम्बन्धी शिविर संचालन गर्दै आएको बताउँदै उनले जनतालाई सेवा दिने उद्देश्य भए पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संग बजेट अभाव भएका कारण स्थानीय सरकारले सहयोगको भावना विकास गरे आयुर्वेद स्वास्थ्य सेवाले निरन्तरता पाउने बताए ।
शिविरमा विभिन्न किसिमका नसर्ने रोगका बिरामी जस्तै बाथ अम्लपित, स्वासप्रस्वास, मुटु सम्बन्धि समस्या, माइग्रेन, पिसाब सम्बन्धि समस्या तथा महिला सम्बन्धि रोग, सेतोपानी बग्ने, महिनावारि हुने बेला पेट दुख्ने समस्या भएका बिरामीलाई डा .प्रज्ञा उपाध्यायले चेकजाँच गरेकी थिइन । शिविरमा ३३ किसिमको औषधी वितरण गरिएको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५