फागुमा जीप दुर्घटना शिक्षककाे मृत्यु ६ घाइते

दैलेख : दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाशिक्षकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

दैलेख सदरमुकाम देखि महाबु गाउँपालिकाको कासिकाँध जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो मंलगबार साँझ करिब साढे ६ बजेतिर दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ४० वर्षीय शिक्षक रामबहादुर हमाल हुन् । दुर्घटनामा घाइते अन्य ६ जनाको उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको प्रहरीले जनाएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५