राजु परियार र रेखा जोशीको ‘छाउपडीको वेदना’ (भिडियो)

यो सुदूरपश्चिममा व्यप्त छाउपडी प्रथा हटाउन जनचेतना फैलाउने उद्देश्यले तयार पारिएको डेउडा गीत हो । यो गीत सार्वजनिक गरिएको छ ।

राजु तिर्वाको शब्द सृजनामा निर्माण गरिएको उक्त गीतमा लोकप्रिय गायक राजु परियार र गायिका रेखा जोशीको आवाज रहेको छ । सनम कठायत र रोजी कुँवरको अभिनय रहेको उक्त गीतमा छाउपडी प्रथाको नकारात्मक प्रभाव देखाइएको छ ।

महिला महिनावारी भएका बेला छाउपडी गोठमा बस्नुपर्ने बाध्यता र महिनावारीका बेला महिलासँग गरिने सामाजिक व्यवहारको गतिविधि गीतमा समेटिएको छ ।

गीतको भिडियोको सुरुवातमा एक महिलाको छाउपडी गोठमै सर्पले टोकेर मृत्यु भएको दृष्य समावेश छ भने अन्तिममा छाउपडी प्रथाविरुद्ध जनचेतनामुलक सन्देश समावेश छ ।

यस्ता जनचेतनामुलक गीतका माध्यमबाट समाजमा व्यप्त सबै प्रकारका कुप्रथाहरू न्युनीकरण हुने यस गीतका सर्जक राजु तिर्वाले विश्वास व्यक्त गरे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५