महाबु गाउँपालिका अध्यक्षमा कांग्रेसबाट झलकबहादुर भण्डारी उम्मेदवार

दैलेखः मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंगो लगाएको छ।

जिल्ला संसदीय समितिको बिहीबारको बैठकले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यहाँ अध्यक्षका लागि १५ जना आकांक्षी थिए। १३ जना पुरूष र दुई जना महिलासहित १५ जनाकै नाम क्षेत्रीय समितिबाट सिफारिस भएको थियो।

भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदको उम्मेदवार बनाइएको कांग्रेस दैलेख सभापति मणिराम रेग्मीले बताए।

२०७९ माघ २७ गते महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमण गुरूङको निधन भएको थियो। उनी कांग्रेसबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएका थिए।

कर्णाली प्रदेशमा तीन वटा पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा उपप्रमुख र पाँच वटा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ।

जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।

कांग्रेसले नलगाडको उपमेयर पदमा लागि ईन्द्रा चन्द सिंहलाई उम्मेदवार बनाइसकेको छ।

यस्तै दैलेखको दुल्लु नगरपाकिला–१३, कालीकोटको तिलागुफा नगरपालिका–५, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५