कर्णाली प्रदेशमा १४०३ मतदान केन्द्र कायम

सुर्खेत: ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा कर्णाली प्रदेशमा एक हजार चार सय तीन मतदान केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी सुर्खेतमा मतदान केन्द्र कायम रहेका छन् भने सबैभन्दा कम हुम्लामा रहेको छन् ।

सल्यानमा दुई सय दुई मतदान केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्या एक सय १७ रहेको छ । यस्तै, डोल्पामा ६६ केन्द्र, ६६ स्थल रहेका छन् । मुगुमा ६६ केन्द्र रहेका छन् भने स्थल ६४ कायम गरिएको छ । जुम्लामा एक सय ६ केन्द्र, स्थलको संख्या ८३ रहेको छ ।

कालिकोटमा एक सय २३ केन्द्र र एक सय तीन स्थल कायम गरिएकाे छ । हुम्लामा ५९ केन्द्रमा ५८ वटा स्थल, जाजरकोटमा एक सय ४२ केन्द्र रहेकामा ८८ स्थल, दैलेखमा दुई सय सात केन्द्र रहेकामा एक सय ३९ स्थल कायम गरेकाे निर्वाचन आयोगले जनाएको छ ।

सुर्खेतमा दुई सय ९३ केन्द्र र एक सय ३९ स्थल कायम भएकाे छ । रुकुम पश्चिममा एक सय ३९ केन्द्र र ७६ स्थल रहेका छन् । कर्णालीमा जम्मा मतदान स्थल नाै सय ३३ र मतदान स्थल एक हजार चार सय तीन कायम गरेकाे आयाेगले जनाएकाे छ । यस प्रदेशमा २४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र १२ वटा प्रतिनिधि सभा क्षेत्र छन् । यहाँ महिला र पुरुष गरी १० लाख आठ हजार तीन सय चार जना मतदाता छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५