बालबालिकालाई शैक्षिक सामग्री र खाध्यान्न सहयोग

दैलेखः सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले जिल्लाका विभिन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री र खाध्यान्न वितरण गरेको छ ।
जिल्लाका विभिन्न स्थानीय तहका ५२ जना जोखिम हिंसामा परेका बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोषाक, ४ जना बालबालिकालाई खाध्यान्न उपलब्ध गराएको हो ।
सोसेक नेपालद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ द्धारा उक्त सामग्री प्रदान गरिएको बाल हेल्पलाइन १०९८ सेल्टर संयोजक रमा श्रेष्ठका अनुसार जोखिममा परेका बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोषाक उपलब्ध गराईएको हो । जिल्लाको ठाटीकाँध गाउँपालिकाका २० जना बालक र ११ जना बालिकालाई शैक्षिक सामग्री ४ जनालाई खाध्यान्न उपलब्ध गराईएको छ । ठाटीकाँधका बालबालिकालाई सोसेक नेपालको फिल्ड कार्यालय ठाटीकाँध गाउँपालिकामा आयोजित एक कार्यक्रमकाबीच सामग्री प्रदान गरिएको कार्यालयले जानकारी दिएको छ ।


यस्तै नारायण नगरपालिका वडा नं. १ का २ जना बालबारिका, डुंगेश्वर गाउँपालिका, आठबीस नगरपालिका, भगवतीमाई गाउँपालिका, महाबु गाउँपालिका र दुल्लु नगरपालिकामा गरी १२ जना बालक र ९ जना बालिकालाई शैक्षिक सामग्री उपलब्ध गराईएको सोसेक नेपालका बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विश्वकर्माले बताएका छन् ।
उनका अनुसार प्रति बालबालिका विद्यालय पोषाक सर्ट, पाइन्ट स्वीटर तथा शैक्षिक सामग्री झोला, कापी, डट्पेन, ज्यामिती बक्स, इलेजर, कटर, सिसाकलम सहित दुई हजार ८ सय बराबरको सामग्री उपलब्ध गराईएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५