लैंगिक हिंसा निवारण सञ्जालको नियमित समीक्षा तथा कार्ययोजना बैठक

दैलेख: लैगिक हिंसा निवारण सञ्जालको बैठक नारायण नगरपालिकामा सम्पन्न भएको छ । युरोपेली संघको आर्थिक सहयोग र संयुक्त राष्ट्रसंघिय निकायहरु (UNFPA) र नारायण नगरपालिका दैलेखको समन्वय तथा सोसेक नेपाल द्वारा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तरगर्त नारायण नगरपालिका प्रमुख लोमन शर्माको अध्यक्षता लैगिक हिंसा निवारण सञ्जालको बैठक सम्पन्न भएको हो ।
नारायण नगरपालिकाको सभाहलमा बुधबार भएको उक्त लैगिक हिंसा निवारण सञ्जालको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले भने आगामि दिनमा स्थानिय सरकार र साझेदार संस्थाहरुले हिंसा पीडित व्यक्तिहरूलाई केवल राहतमा मात्र सीमित नराखी सीपमूलक तालिम र आयआर्जनका कार्यक्रममा जोड्न आग्रह गरेका थिए । युरोपेली संघको आर्थिक सहयोग र संयुक्त राष्ट्रसंघीय निकायहरूद्वारा सञ्चालित परियोजनाहरूको प्रगति विवरण प्रस्तुत गरीएको थियो ।

सञ्जालका अध्यक्ष तथा नारायण नगरप्रमुख लोमन शर्माले हिंसाको घटना हुनासाथ तत्काल उद्धार, कानूनी सहायता, र प्राथमिक उपचार पुर्‍याउन प्रहरी, स्वास्थ्यकर्मी, र स्थानीय जनप्रतिनिधि सम्मिलित सबैको सक्रियता आवश्यक रहेएको बताए । साथै नारायण नगरपालिकाको बजेटमा लैंगिक हिंसा निवारण, सुरक्षित गृह सञ्चालन, र सचेतनाका लागि छुट्टै कोषको व्यवस्था गरेको जानकारी दिए ।

दैलेखका ११ वटै पालिकामा हालै घटेका घटनाहरूको केस स्टडीगरी कहाँ कमजोरी भयो र कसरी सुधार्ने भन्ने बिषयमा समिक्षा र छलफल गरीएको थियो । लैंगिक हिंसा निवारण सञ्जालको बैठकमा सहभागी हुने फरक९फरक निकाय र प्रतिनिधिहरूले आफ्नो क्षेत्र र भूमिका अनुसार निम्न अनुसारका विचार तथा दृष्टिकोणहरू राखेका थिए ।
उक्त कार्यक्रममा नगर उपप्रमुख तप्ता कुमारी थापा खड्का,नि।प्रमुख प्रशासकिय अधिकृत पदम सापकोटा, दैलेख जिल्ला जिल्ला बार इकाईका अध्यक्ष अधिवक्ता प्रेमबहादुर थापा, गैसस महाँसघ जिल्ला अध्यक्ष डिलकुमारी चन्द, बिषयगत शाखाका प्रमुख, अधिवक्ता माधुरी शर्मा, स्वास्थ्य सेवा कार्यलय,नेपाल पत्रकार महांसघ प्रतिनिधि लगायतको उपस्थिति थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५