दैलेखमा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरण

दैलेख: दैलेखमा प्रजनन स्वास्थ्य अधिकार, लैङ्गिक हिंसा तथा जलवायु परिवर्तन बारे अन्तर पार्टी महिला सञ्जाल तथा नागरिक सञ्जालसँग अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

आईपास नेपालको सहजिकरणमा सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालले दैलेखमा १ दिने अभिमुखीकरण गरेको हो ।

सोमबार दैलेख बजारमा भएको अभिमुखीकरणमा विभिन्न महिला सञ्जाल, नागरिक सञ्जाल  पत्रकार तथा सङ्घ संस्थामा कार्यरत कर्मचारी, पदाधिकारी र राजनितिज्ञहरुसंग अभिमुखीकरण गरिएको सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपाल दैलेखका कार्यक्रम अधिकृत कुशल चौधरीले जानकारी दिइन ।

उनले दिएको जानकारी अनुसार यस सञ्जालले दैलेखको दुल्लु नगरपालिका र आठविस नगरपालिकामा काम गरिरहेको छ । नेपालमा दिगो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सबलीकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली परियोजना सन २०२४ देखि दैलेखमा लागु भएर २०२६ जनवरी सम्म चल्ने छ । पहुँचयोग्य, किफायती र गुणस्तरीय सुरक्षित गर्भपतन सेवा साथै अन्य यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सेवाहरू स्थानीय तवरमा दिगो साथै उत्थानशील स्वास्थ्य सेवा प्रणाली प्रयोजना मुख्य लक्ष्य राखेको छ ।

आईपास नेपालसँगको साझेदारीमा सञ्चालित प्रयोजनाले यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रणाली तथा सेवा प्रदायकहरूको क्षमता विकास गरी जलवायु सम्बन्धी प्रकोपको वेला यौन तथा प्रजनन स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने, स्थानीय संस्थागत स्तरका गतिविधिहरू र जलवायु अनुकूलन बजेट, योजना र नीति प्रक्रियाहरूमा र लैङ्गिक समानताको बढ्दो एकीकरण, लैङ्गिक रूपान्तरणकारी जलवायु अनुकूलन र प्रकोप प्रतिक्रियाको लागि स्थानीय नेतृत्वमा सामूहिक कार्यलाई बलियो बनाउने, सामुदायिक अगुवाहरूको स्वपरिचालनद्वारा महिला र किशोरीहरूको आत्मशक्ति वृद्धि तथा सशक्त नागरिक समाज सङ्गठन गर्ने परियोजनाको उद्देश्य रहेको छ ।

अभिमुखीकरणको सहजिकरणमा अधिकृत चौधरीले स्वास्थ्य भनेको के हो, प्रजनन स्वास्थ्यका पक्षहरू, योन स्वास्थ्य,सुरक्षित मातृत्व यौन रोग सङ्क्रमण र एचआइभी र एड्स बाँझोपनको रोकथाम र उपचार, किशोर किशोरीहरूको प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन अधिकार, जलवायुको परिवर्तन, जलवायु परिवर्तन, लिङ्ग तथा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार बिच अन्तरसम्बन्ध जलवायु परिवर्तनका असरबारेमा प्रस्ट पारेकी थिइन् ।

अभिमुखीकरण कार्यक्रमका सहभागीहरूले हरेक ठाउँमा नागरिक सचेत हुनुपर्ने र आफूले सिकेका ज्ञान सिप तथा प्रजन र जलवायु परिवर्तनबारेमा परिवारका सदस्यलाई जानकारी गराउनुपर्ने आवश्यकता रहेको महसुस गरेको बताएका छन् ।

उक्त कार्यक्रममा करिब २० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।  दैलेख जिल्ला जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५