कार्य सम्पादनमा उत्कृष्ट भएपछि भ्रमण

दैलेख: सुस्वा आयोजना कर्णाली प्रदेशका २८ वटा स्थानियतहमा सञ्चालित कार्यक्रमको वार्षिक कार्य सम्पादन लेखाजोखा  (PAPA) मा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने ३ वटा पालिकाहरूलाई सिकाई आदान प्रदान भ्रमणको गराइएको छ । गत आर्थिक वर्ष २०८०।०८१ मा सहभागितात्मक दैलेखको नौमुले गाउँपालिका, भगवतीमाइ गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र तहा कार्यरत वास युनिटका संयोजकहरू, सेवा सहायता केन्द्रका सहजकर्ताहरूलाई खानेपानी सञ्चालन प्रक्रिया, सुशासन, महसुल , खानेपानी समिति पदाधिकारीहरूको कामको जिम्मेवारी, खानेपानीको श्रोत व्यवस्थापन, मर्मत सम्भार कोष स्थापना र चुनौतीका विषय आदीमा अध्ययन अवलोकन गराइएको हो ।

सवैका लागी दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) नेपाल सरकार, फिनल्यान्ड सरकार युरोपियन युनियन र स्थानीय पालिकाहरूको सह लगानीमा कर्णाली प्रदेशका १० वटा जिल्लाका २८ वटा पालिकामा   खानेपानी सुविधाबाट कमजोर अवस्था रहेका पालिकाहरूमा करिब ३ वर्ष देखी काम गरिरहेको छ ।

खानेपानी , सरसफाइ र स्वच्छता व्यवस्थापन समितिको वार्षिक कार्य सम्पादन र त्यस पालिकाहरूमा रहेका वास युनिटहरूको वार्षिक कार्य सम्पादनलाई मुख्य सूचकमा राखी सुस्वा आयोजना लागु भएका पालिकाहरू मध्ये २१ वटा पालिकाको कार्य सम्पादन मूल्याङ्कन गरिएको थियो ।

गण्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा रहेका स्थानीय पालिकाहरूले सुशासनको क्षेत्रमा गरेका असल अभ्यासहरू, वातावरणमैत्री विद्युतीय सुशासन अभ्यास, तहगत समन्वय, सहकार्यको वर्तमान अवस्था, नीतिगत व्यवस्था, पारदर्शिता जबाफदेहीताका सवालहरूमा भइरहेको असल अभ्यास बारे जानकारी जनप्रतिनिधिहरुले सिकाई आदान प्रदान अवसर समेत मिलेको थियो ।

सिकाई आदान प्रदान भ्रमणको अवसरले आगामी दिनहरूमा अन्तरपालिका स्तरीय सम्बन्ध विस्तार लाई बढवा दिनेमा समेत छलफल केन्द्रित रहेको थियो । स्थानीय स्तरमा उत्पादित कृषि, जैविक विविधता तथा आन्तरिक तथा बाह्य पर्यटनको विकासमा अन्तरपालिका बिचमा के कस्ता भावी प्रयासहरू के हुनसक्छन भन्नेमा भ्रमण दलका सहभागीहरू बाट जिज्ञासा राखिएको थियो ।

कर्णालीका स्थानीय तहहरूको दिगो विकासका लागि कृषि, पर्यटन र जलस्रोतलाई मुख्य आधार बनाएर अगाडि बढ्न सकेमा अवश्य पनि नेपाल जस्तो मुलुकको लागि एउटा महत्त्वपूर्ण अवसर हुने र प्राइभेट पार्टनरसिप मोडेलको अवधारणालाई अगाडि बढ्दै गएमा स्थानीय तहको विकास निर्माण तीव्र गतिमा अगाडि बढ्ने कुरा बुटवल उपमहानगरपालिकाका मेयर खेल राज पाण्डेले अन्तरक्रिया कार्यक्रममा बताउनुभयो ।

सो टोलीको भ्रमण गण्डकी प्रदेशको कुस्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतको टिम, सहिद लखन गाउँपालिकाको वडाध्यक्ष लगायतको टिम, अमरावती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पानी प्रशोधन केन्द्रको अवलोकन र संस्थाको पदाधिकारीहरू सँग अन्तरक्रिया, अवलोकन भ्रमण र छलफल गरेको थियो ।

त्यसै गरी बागमती प्रदेशमा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल लगायतको टिम सुशासन र विकास निर्माणमा बहस केन्द्रित गरिएको थियो भने चितवनकै रत्न नगरपालिकाका मेयरसँग पर्यटन नगरी सौराहाको खानेपानी व्यवस्थापनका लागि त्यहाँको उपभोक्ता समिति सँग रत्न नगर खानेपानी तथा सरसफाइ संस्था सँग एकीकरण गर्ने गरिएको पालिकाको सहजीकरणको बारेमा भएका प्रयास सँग सम्बन्धित विषयवस्तुमा व्यापक छलफल गरिएको थियो ।

रत्न नगर खानेपानी तथा सरसफाइ संस्था सँग संस्थागत विकासका लागि आइपरेको चुनौती र असल अभ्यासहरूमा बारेमा छलफल गरिएको थियो । भ्रमणको अन्तिम दिन अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाको पुर्नभरण पोखरी, खाल्टो र जलवायु उत्थानशील संरचनाको स्थलगत अवलोकन गरिएको थियो ।

सिकाई आदान प्रदान भ्रमण अवधिभर छलफल र अन्तरक्रियामा सङ्लन तीनै प्रदेशका पालिकाहरू र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरू प्रति आयोजक सुस्वा आयोजनाले आभार व्यक्त गरेको छ । भ्रमण अत्यन्तै फलदायी रहेको र यो सिकाइले आगामी दिनमा पालिकाको सेवा प्रवाह र सुशासन अझै प्रभावकारी हुने र असल अभ्यासहरूको अनुसरण गरिने भ्रमण दलका प्रमुख तथा उपप्रमुखहरूले व्यक्त गरे । सात दिने भ्रमण अत्यन्तै फलदायी रहेको जानकारी सर्केगाड गाउँपालिकाका अध्यक्ष थान बाहादुर रोकायाले बताए ।

कर्णाली प्रदेशमा खानेपानी योजना निर्माणमा भन्दा सञ्चालन र व्यवस्थापनमा निकै चुनौती बनिरहेको छ, समुदाय स्तरमा अपनत्व, उपभोक्ता समितिको क्षमता विकास र योजना दिगो सञ्चालनका लागी नियम अनुसार सञ्चालन गर्न नसक्दा योजनाहरू सञ्चालनमा आएको १,२ वर्षमा नै धेरै बन्द हुने गरेको छ, । सुस्वा आयोजना सञ्चालन भएका पालिकामा नियमित खानेपानी योजना पूर्ण रूपमा सञ्चालन का लागी जनप्रतिनिधि र कर्मचारीहरूलाई सिकाई आदान प्रदान गर्न अवलोकन गराएको हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५