विपद प्रतिकार्यका लागि विपद सामाग्री हस्तान्तरण

दैलेखः सेभ द चिल्ड्रेन र सोसेक नेपालले विपद प्रतिकार्यका लागि अस्थायी सिकाई केन्द्र र गैह्र खाद्य लगाएतका सामाग्री चामुण्डाबिन्द्रासैनी नगरपालिकालाई हस्तान्तरण गरेको छ । विपद पश्चात बालबालिका माथि हुने सम्भावित जोखिमहरुलाई न्यूनिकरण गर्न र प्रभावित समुदायहरुलाई तत्काल पुनस्र्थापना गर्दै आत्मनिर्भरतामा प्रोत्साहित गर्ने उद्धेश्यले करिव १३ लाख ४१ हजार २ सय ५९ बराबरको गैह्र खाद्य सामग्री हस्तारण गरेको हो ।
हामीलाई गोर्खाको बारपाक र जाजरकोटमा भएको विनासकारी भुकम्ले धेरै पाठ सिकाएको बताउदै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भने स्थानीय सरकारलाई दातृ निकायले विपद प्रतिकार्य सामाग्री उपलब्ध गराउनु भनेको हामी तयार छौ स्थानीय सरकार पनि विपद प्रतिकार्य योजनामा तयार होस भन्ने सन्देश हो । शैक्षिक पूर्वाधारहरु अहिले पनि कमजोर भएकोमा भण्डारीले दुख व्यक्त गर्दै कर्णाली प्रदेश सरकारले विपदप्रतिकार्यका लागि सुरक्षित विद्यालयका भौतिक संरचनाहरु निर्माण गर्ने योजना बनाएको बताए । प्रदेश सरकारले शिक्षा नीति बनाउदै गरेको जानकारी गराउदै भण्डारीले थपे, सामुदायीक विद्यालयहरुमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनका लागी हामी प्रतिबद्धता व्यक्त गर्दछु ।
विपद प्रतिकार्यका लागि अस्थायी सिकाई केन्द्र र गैह्र खाद्य लगाएतका सामाग्री उपलब्ध गराएकोमा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश कुमार शाहीले साझेदार संस्थालाई धन्यवाद दिएका छन । उनले थपे, स्थानीय सरकारले पनि हरेक वर्ष विपद प्रतिकार्यका लागि केही न केही बजेट व्यवस्थापन गर्दै आएको स्मरण गराउदै शाहीले भने स्थानीय सरकार विपद प्रतिकार्यका लागि जिम्मेवार छ । ठुलो संख्यामा भने व्यवस्थापन गर्न सकिरहेका छैनौ ।
उनले थपे, पहाडको समस्या बाढी पहिरोको हो । नगरपालिकाले पहिरो जानसक्ने सम्भावित क्षेत्रहरु र प्रभावित समुदायको पहिचान गरेको छ । यो त सम्भावना मात्रै भएकाले विपद कति बेला कस्तो आउन सक्छ भन्ने अनुमान गर्न सकिदैन् । जस्तोसुकै विपदहरुको सामना गर्न सक्ने सामाथ्र्य राख्नका लागि पूर्व तयार हुन आवश्यक भएको शाहीको भनाई थियो ।
सेभ द चिल्ड्रेनका हेड अफ फिल्ड प्रोगाम अप्रेशन रत्नराज ओझाले ‘प्रथम विश्व युद्धमा धेरै बालबालिका प्रभावित भएपछि उनीहरुको अधिकारहरुको सम्मान, संरक्षण र परिपूर्ति गर्न स्थापना भएको सेभ द चिल्ड्रेनले विश्वका धेरै देशहरुमा बालअधिकारको संरक्षणका लागि काम गर्दैआएको बताउद’ै उनले भने ‘हामीले बालबालिकालाई विपद बाट सुरक्षित गर्ने हो भने विपद प्रतिकार्य योजना तयार गर्न आवश्यक छ’ । उनले थपे, बालबालिका भविश्य मात्रै नभएर वर्तमान पनि हुन । नेपाल सरकारले १९९० मा अन्तराष्टिय बाल अधिकार महासन्धि पारित गरिसेको हुदाँ बाल अधिकार महासन्धीमा भएका कानुनी प्राब्धानहरुलाई स्थानीय तहमा कार्यान्वयन गर्न आवश्यक छ । सेभ द चिल्ड्रेन बालबालिकाप्रति अलि बढी जिम्मेवार भएका कारण पनि यो विपद प्रतिकार्यका लागि गैह्र खाद्य सामाग्री वितरण गरेको ओझाको भनाई थियो । कर्णाली प्रदेशका ६ वटा पालिकामा विपद प्रतिकार्य गैह्र खाद्य सामग्री हस्तान्तरण गरिएको उनको भनाई थियो ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिह थापाले भने, विपद बाजा बजाएर आउने होइन् । विपदबाट प्रभावित समुदायलाई तत्काल राहत तथा पुनस्थापना गर्न सकियोस भन्ने उद्धेश्यले स्थानीय तहलाई विपद सामग्री हस्तारण गरीएको उनको भनाई थियो ।
प्रिफिब अस्थायी सिकाई केन्द्र २, शौचालय २, आधारभूत सेल्टर सामाग्री १५, हाईजिन किट, डिग्निटि किट्स, जन्मेदेखि ५ वर्ष उमेर समूहका बच्चाहरुको सामग्री लगाएत, शिक्षक र विद्यार्थीहरुको लागि समेत स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५