मासिक रूपमा तलब उपलब्ध गराउन सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध

काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको तलब मासिक रूपमा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।

कतिपय स्थानीय सरकारले शिक्षकलाई मासिक तलब नदिएको गुनासो आएपछि शिक्षा मन्त्रालयले संघीय मन्त्रालयलाई पत्र लेख्दै यस्तो अनुरोध गरेको हो ।

‘शिक्षकलाई मासिक तलब खुवाउन संघीय मन्त्रालयलाई पत्र पठाएर अनुरोध गरेका छौँ,’ शिक्षामन्त्री विद्या भट्टराईले भनिन्, ‘शिक्षकले तलब नपाउँदा विद्यार्थीको सिकाइ प्रभावित भएको छ ।’

मन्त्री भट्टराईका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमाफर्त ७५३ वटै पालिकामा पत्र पठाएर तलब मासिक रूपमा दिने अनुरोध गरे पनि शिक्षकले तलब नपाएको गुनासो गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखिएको हो ।

शिक्षा दिवसको अवसर पारेर २ असोजमा सार्वजनिक रूपमा सबै स्थानीय पालिकालाई शिक्षकको तलब मासिक दिन अनुरोध गरे पनि सुनुवाइ नभएको मन्त्री भट्टराईको गुनासो छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५