नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाैः नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालीहरूको पहिलो विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको हो ।

विभागको तथ्याङ्कअनुसार शून्य तीन प्रतिशत नेपालीको विवाह १० वर्षभन्दा पनि कम समयमा हुने गरेको छ । यस्तै सात प्रतिशतले १० देखि १४ वर्षको उमेरमा, २२ दशमलव तीन प्रतिशतले १५ देखि १७ वर्षको उमेर र ३४ दशमलव चार प्रतिशतले १८ देखि २० वर्षको उमेरमा विवाह गर्ने पाइएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५