भिरबाट लडेका शाहीको अझै होस आएन, थप उपचारको लागि आफन्तको गुहार


दैलेख ः दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा न २ निवासी तुल बहादुर शाहीका ४ दाजु भाई मध्यको कान्छो छोरा वर्ष ३९ को जितेन्द्र शाही सामान्य ज्याला मजदुरी र खेती किसान गरी ४ छोरा सहित ६ जना परिवारको गुजारा चलाउँदै आइरहेका थिए ।
गएको असोज ५ गते गाईबस्तुलाई घाँस काट्न गएका समयमा उनी भिरबाट लडेर घाइते भए भिरबाट लडेका उनको शरीरका विभिन्न अङ्गहरूमा चोट पटक लागि रात भरि भिरमा नै रहेको आफन्तले बताए ।
आफन्तकाका अनुसार घटनाको भोलिपल्ट अर्थात् असोज ६ गते बिहान ८ बजे मात्र खोजी गर्ने क्रममा भिरबाट लडेर अचेत अवस्थामा आफन्तहरूले फेला पारेपछि उपचारको क्रममा तुरुन्तै सुर्खेत प्रादेशिक अस्पतालमा लगियो र निरन्तर २६ दिन सम्म राखेर उपचार गर्दा पनि स्वास्थ्यमा केही सुधार नआए पछि थप उपचरका लागि नेपालगन्ज नर्सिङ होममा हाल उपचार भइरहेको छ ।
महिनौँ उपचार गर्दा पनि अझै होस आएको छैन । उनको हालसम्म उपचारको क्रममा धेरै आर्थिक खर्च भएको हुँदा थप स्वास्थ्य उपचारको लागि आर्थिक अभाव भएको छ ।

आगामी दिनमा उपचार गर्न कठिन हुने हुँदा उनका आफन्तहरूले देश– विदेशमा रहनु भएका दाजु भाइ दिदी बहिनी र सङ्घ –संस्थाहरूलाई आर्थिक सहयोगका गुहार मागेका छन् ।
उनलाई सहयोग गर्न चाहने जो कोहीले पनि एन आई सी एसिया बैक सुर्खेतमा रहेको खाता नं ३५००२०५६२७५२४००१ मा रकम जम्मा गर्ने सकिने छ । उनलाई प्रत्यक्ष सहयोग गर्न चाहनेले ९८४८११५०९८मा सम्पर्क गर्ने सकिने छ ।

यो समाचार जनपथ खबरको सहयोगमा तयार पारिएको हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५