दैलेखमा मनाइयो विश्व पानी दिवस

दैलेख:   विश्व पानी दिवसको अवसरमा शनिवार दैलेखका विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाइएको छ । सोही अवसरमा दैलेखका विभिन्न पालिकाहरूमा विश्व पानी दिवस कार्यक्रम मनाइएको हो । पानी दिवसको अवसरमा दैलेखको भगवतीमाईमा समुदायसँग पानी विशेष अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ ।

‘शान्तिका लागि पानी’ भन्ने नाराका साथ भगवतीमाई गाउँपालिका बास इकाई वेस्तडाको आयोजनामा भगवतीमाई गाउँपालिका वडा नम्बर ४ को भगवती माध्यमिक विद्यालय घुम्नेमा कार्यक्रम गरिएको सुस्वा आयोजनाका वास संयोजक चक्र भण्डारीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार दैनिक प्रयोग गर्ने खानेपानीको शुद्धता उपलब्धता पानीका स्रोतहरू, पानीका मूलहरू रिचार्ज, मूल नजिकका रुखहरू फडानी, र पानीले भविष्यमा ल्याउन सक्ने सङ्कटका विषयमा सहभागीहरुलाई जानकारी गरिएको थियो ।

बेस्तडा बृहत् खानेपानी योजनाको खानेपानी मुहान देखी धारा सम्मको अवस्था अवलोकन गरी  देखिएका समस्याहरू सहभागीहरूले पहिचान र समाधानका लागी तत्काल समाधान गर्ने समितिका अध्यक्ष राम बहादुर थापाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५