सेवामुखी पत्रकारिता जरुरीः शाही

सुर्खेत: कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले पत्रकारहरू सेवामुखी  हुन जरुरी रहेको बताएका छन् । मन्त्री शाहीले सञ्चार क्षेत्रमा काम गर्ने पत्रकार र संचरकर्मीहरुले निहित स्वार्थ र दलिए स्वार्थबाट टाढा रहेर सत्य तथ्यमा आधारित निर्धक्कका साथ समाचार सङ्कलन गर्न आग्रह गरे विहीबार वि इनस्पाएर नेपालको आयोजनामा भएको दुई दिने मिडिया साक्षात्कार तालिमको समापन कार्यक्रममा सो कुरा बताएका हुन् उनले पत्रकार राष्ट्रको चौथो अङ्ग भएकोले कणाली प्रदेश सरकाले सम्पूर्ण पत्रकारहरूको हकहितको लागि वृहत् छलफलका साथ कर्णाली प्रदेश आमसञ्चार प्रतिष्ठान गठन गर्ने प्रतिबद्धता जनाए ।

समाजमा भएको विकृति, विसङ्गतिलाई अन्त्य गर्दै कुनै निर्धक्कता, निश्वार्थका साथ समुन्नत विकासको लागि युवा पुस्ताहरू जागरूक पर्ने धारण राखेका छन् । देशले रूपान्तरण र पुस्तान्तरण खोजेकोले युवा पुस्ता निस्वार्थ भावनाका साथ लाग्न उनको आग्रह छ । उनले भने अनुसार अव युवाहरू म , मेरो होइन हामी र हाम्रो भनेर अघि बढे मात्र देशमा परिवर्तन हुन्छ । नेपालको परिवेश सत्तामा पुगे पछि आफ्नो आसेपासे नजिकको नातागोता लाई प्राथमिकता दिने चलनलाई तोडेर आवश्यकतालाई पहिचान गरेर सबैका समस्या समाधान गरिने छ” । आफू सबैको साझा जनप्रतिनिधि बन्ने र सबै जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारीहरूलाई दलिए स्वार्थबाट टाढा रहन पनि उनले आग्रह गरेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५