मानव जीवनको सर्वाङ्गिण विकास छुने संस्कृती शिक्षा मात्र हो : मन्त्री शाही

दैलेख :   कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले विश्व मानवजिवनको सर्वाङ्गिण विकास तथा जीवनको सवै पक्षलाई छुने संस्कृती शिक्षा मात्र रहेको बताएका छन् ।

शिक्षा क्षेत्र तहसनहस हुनुमा वालवालिका मात्र दोषी नभई, दलका प्रमुख प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, शिक्षक, बुद्बिजिवी, अविभावक, नागरीक समाजका अगुवा, अनुगमन र अनुसाशनको प्रक्रिया सतप्रतिशत दोषि भएको मन्त्री शाहीले बताएका छन् ।

चामुण्डाबिन्द्रसैनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तरगर्रत शिक्षा युवा तथा खेलकुद शाखा दैलेखको आयोजनामा भएको शिक्षा क्षेत्रको वृहत विकास र विस्तार, चामुण्डाबिन्द्रसैनी नगरवासीको समृद्धिको आधार सम्बन्धी २ दिने कार्यशाला गोष्ठीको उदाघाटन कार्यक्रममा मन्त्री शाहीले सो कुरा बताउका हुन  मन्त्री शाहीले शिक्षा क्षेत्रको विकास र विस्तारमा वाधा आउनु वा खडेरी पर्नुमा, परम्परागत मनोवृत्ती र नितिगत कमजोरी, फितलो, परिवर्तनको चाहना नहुनु, ईमान्दारीताको सुन्यता, दृढसंकल्प र अठोटको भाव प्रकट नहुनु, निरन्तर उपहासमा जानु, शिक्षा क्षेत्रमा दलिय स्वार्थ र हस्तक्षेपको प्रवेश गर्नुनै मुख्य कारक तत्व  भएको बताए ।  उनले भने आज शिक्षा विनाको मानव सम्प्रदाय अघि बढ्न सक्दैन भनेर विश्व चिन्तित छ तर हामी शिक्षा क्षेत्रलाइ किनारा लगायर वेवास्ताको खालमा राखेका छौं ।

देशका  ८०/८५ प्रतिशत भन्दा बढि वालवालिकाको भविश्य गाँसिएको विद्यालय क्षेत्रलाई सुधारमा केन्द्रित रहेर एक विशिष्टीकृत मन्दिरको रुप दिने वा नदिने मन्त्री शाहीले प्रश्न गरे ।

विद्यालयको साधन श्रोत, पाठ्यपुस्तकको अभाव, विद्यार्थीको लापरवाहीको कारण भनेर जनतालाई जवाफ दिने कुरामा सरोकारवालाले मौनता साँधेर केही समय टाल्न सकिएला तर त्यसको मुल्य इतिहासले अवश्य खोज्दद्छ ।

यस्तै कार्यशाला गोष्ठीमा जनज्योती मावि सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलले चाहाना भए बहाना बनाउनु पर्दैन, चाहाना राखे बहाना आफै भाग्ने बताए ।प्रधानाध्यापक सिग्देलले १८ वर्ष भन्दा माथिकालाई बाआमाको कमाई खाने हैन, आफै कमाएर खाने खालको शिक्षा बनाउनु पर्नेमा जोड दिए ।कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका पुर्व रजिस्टार उपप्रध्यापक महेन्द्र कुमार मल्लले देशमा अहिले पनि शिक्षालाई सार्वजनिकरण गर्न नसकियको बताएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५